तनहुँमा चितुवा मृत फेला

डिसी नेपाल
१६ चैत २०७६ १७:५६

तनहुँ । भानु नगरपालिकाका–९पुर्कोटको पिपलपानीमा आज एक चितुवा मृतावस्थामा फेला परेको छ । मृत जनावर पोथी चितुवा रहेको डिभिजन वन कार्यालय तनहुँका डिभिजन प्रमुख केदार बरालले जानकारी दिए ।

करीब दुई वर्ष उमेरको उक्त चितुवाको तौल २० केजी रहेको उनले बताए। मृत चितुवालाई वन कार्यालय टोलीले ल्याई डिभिजन वन कार्यालय परिसरमा गाडिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *