८ दिन थपियो लकडाउन

डिसी नेपाल
१६ चैत २०७६ २१:२६

काठमाडौं। कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिनभन्दै सरकारले देशभर लागू गरेको लकडाउनको अवधि ८ दिन थप गरिएको छ। यही चैत १० गते राती पहिलो पटक ७ दिनका लागि लकडाउन जारी गरिएको थियो। त्यसमा थप ८ दिन थप्ने शनिबार बसेको मन्त्रिपरिषदले निणर्य गरेको हो।

मन्त्रिपरिषदले यही चैत २५ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेको हो। नेपालमा हालसम्म ५ जना कोरोना संक्रमित फेला परेका छन्। ती मध्ये १ जना उपचारपछि घर फर्किएका छन् भने ४ जनाको उपचार भइरहेको छ । पछिल्ला ४ वटा केस पछिल्ला ४ दिनमा आएका हुन्।

कोरोना भाइरसको प्रकोप बढेपछि सरकारले लकडाउनको अवधि बढाएको हो। छिमेकी मुलक भारतमा २१ दिने लकडाउन जारी छ। कोरोना भाइरसबाट शनिबारसम्म विश्वभर ३०हजार भन्दा धेरैको मृत्यु भइसकेको छ। विश्वका सबै देश कोरोनाबाट प्रभावित भएका छन्। करिब ३ महिना पहिला चीनको वुहानबाट यो रोग फैलिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *