एक सय मजदूरको उद्धार
दमौली । तनहुँको व्यास नगरपालिका–२ मा अलपत्र मजदूरलाई वडा कार्यालयको पहलमा आइतबार उद्धार गरिएको छ । दमौली बजारमा विभिन्न क्षेत्रमा काम गर्ने ती मजदुरलाई वडा कार्यालयको समन्वयमा उद्धार गरेर घर पठाइएको हो ।
उनीहरुलाई चार बसमा रौतहट र बारा पठाइएको वडाध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिए । शनिबार पनि वडा कार्यालयले करीब एक सय मजदूरलाई उद्धार गरी घर पठाएको थियो । “लकडाउनका कारण काम नभएपछि दमौलीमा अलपत्र परेकाहरुलाई उद्धार गर्ने कार्य जारी छ, दुई दिनको अवधिमा दुई सय जना मजदुरलाई उद्धार गरेर घर पठायौँ”, श्रेष्ठले भने।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment