लकडाउनमा क्रिकेट नखेल्न आग्रह गर्दा प्रहरीमाथि कुटपिट, एक पक्राउ

डिसी नेपाल
१६ चैत २०७६ २३:१०

बारा । लकडाउनको समयमा क्रिकेट नखेल्न आग्रह गर्दा बारामा डिउटीमा खटिएका प्रहरीमाथि कुटपिट भएको छ। बाराको परवानीपुर गाउँपालिका–५ गण्डक चोकमा डिउटीमा खटिएका प्रहरीमाथि कुटपिट भएको हो।

कुटपिटको अभियोगमा सोही गाउँपालिका–५ नौतन बहुअरी बस्ने २७ वर्षीय गणेश कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय प्रसौनीबाट डिउटीमा खटिएका प्रहरीले साह समेत ८/९ जनालाई लकडाउनको समयमा क्रिकेट खेल्न हुँदैन भनी सम्झाउने क्रममा साहले क्रिकेट खेल्ने ब्याटले प्रहरीलाई प्रहार गरेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

ब्याट प्रहारबाट एकजना प्रहरी हवल्दार घाइते भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *