ठेगाना एपले नेपालमा कोरेना सम्बन्धि सूचना ट्र्याकिंग गर्ने
काठमाडौं। ठेगना नामको मोबाइल एप्लिकेशनले नेपालमा कोरोना भाइरस सम्बन्धि सूचना पनि ट्र्याकिंग सेवा शुरु गरेको छ। ठेगना सर्भिसेसले एक सूचना प्रकाशित गर्दै यो सेवा शुरु गरेको जनकारी दिएको हो।
ठेगना अप्लिकेशनमा कोरोनाको लक्षण देखिएदेखिको मेडिकल रिपोर्टसम्म दर्ता गर्न सकिने छ। यो अल्पिलकेशनका प्रयोगकर्ताले नेपालमा कोरोना भाइरसबारे भइरहेका गतिविधिबारे पनि जानकारी पाउने छन्।

ठेगना सर्भिसेसले यो स्वआकलन गर्ने प्रविधि विकास गरिएको जनाएको छ। यो प्रविविधिले नेपालमा कोरोनाको प्रकोप नियन्त्रण लिन सूचना उपब्ध गराएर सहयोग गर्ने जनाएको छ। अप्लिकेशन प्रयोगकर्ताहरुले सही सूचना दर्ता गराएर यो संकट नियन्त्रणमा सहयोग गर्न पनि ठेगना सर्भिसेसले आव्हान गरेको छ।
यो विषयमा थप जानकारी [email protected]. बाट लिन सकिने छ भने, अप्लिकेशनमा जान https://covid19.thegana.services यो लिंक प्रयोग गर्न सकिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment