कोरोनाभाइरसको डरलाग्दो तथ्यांकः विश्वमा प्रत्येक दिन थपिँदैछन् १ लाख नयाँ संक्रमित

डिसी नेपाल
१७ चैत २०७६ ८:३०

काठमाडौं। कोरोनाभाइरले विश्वका कैयौं देशहरुलाई गम्भीर संकटमा पारिसकेको छ । चीनको वुहानबाट सुरु भएको यो भाइरसले अहिले युरोप, अमेरिका, बेलायत लगायतका क्षेत्रमा विनाश मच्चाएको छ । यो महामारीका कारण ज्यान गुमाउनेको संख्याले ३३ हजार नाघिसकेको छ भने संक्रमितको संख्याले ७ लाख नाघिसकेको छ ।

यो महामारीबाट गएको जनवरी १९ सम्मा केवल १०० जना प्रभावित थिए । तर २९ मार्च सम्म अर्थात ७० दिनपछि यो संख्याले ७ नाख नाघिसकेको छ । यो महामारी विश्वमा कुन तीव्रताका साथ फैलिइरहेको छ भन्ने अनुमान यही तथ्यांकबाट गर्न सकिन्छ ।

विश्वमा १९ जनवरीसम्म संक्रमित केवल १०० थिए तर २४ जनवरीसम्ममा यो संख्याले हजार नाघ्यो । त्यसपछि ३१ जनवरीमा यो संख्याले १० हजार नाघ्यो । ६ मार्चसम्म आइपुग्दा संक्रमितको संख्याले लाख नाघ्यो । १८ मार्चमा संक्रमितको संख्या २ लाख पुग्यो । त्यसपछि २१ मार्चमा ३ लाख, २४ मार्चमा ४ लाख, २६ मार्चमा ५ लाख, २८ मार्चमा ६ लाख र २९ मार्चमा ७ लाख नाघ्यो । इटलीमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्याले १० हजार नाघिसकेको छ । अमेरिकामा १ लाखभन्दा धेरै संक्रमित छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *