काेराेना भाइरस : केमिकलबाहेकका स्वस्थ्य सामाग्री मात्रै प्रदेश कार्यालयमा

डिसी नेपाल
१७ चैत २०७६ १३:३०

काठमाडौं। कोभिड–१९ (कोरोना ) भाइरस रोकथामका लागि केमिकल बाहेकका स्वास्थ्य उपकरण मात्रै प्रदेश कार्यालयमा पुगेका छन्।

मेडिकल सामान मध्ये केमिकल बाहेक सामान लिएर सेनाको स्काइ ट्रक प्रदेश प्रदेशमा गएका छन्। मेडिकल सामाग्री बोकेर सोमबार विहान विराटनगर र सुर्खेत गएको नेपाली सेनाको स्काई ट्रक बीचबाटै फर्किएपछि केमिकल काठमाडौमै छाडेर अरु सामान मात्रै प्रदेश कार्यालयमा पुगेका हुन्।

सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण तथा अन्य सामान लिएर विराटनगर, सुर्खेत, धनगढी गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्याई फर्किएको थियो।

क्लोरिन, मास्क, स्यानिटाजर, पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर नेपाली सेनाको स्काई ट्रक उडेपनि क्लोरिन र स्यानिटाइजरबाट आएको पिरो गन्धले विमान उडाउन नसक्ने अवस्था आएका कारण फर्किएको थियो।

विमानस्थल स्रोतले दिएको जानकारी अनुसार क्लोरिन, स्यानिटाइजर लगायतका केमिकल काठमाडौमै छाडेर अरु सामान मात्र ढुवानी गरिएको छ। स्काई ट्रकबाट जम्मा ५ सय केजी समान मात्रै लगिएको छ।

स्यानिटाइजर लगायतका केमिकल स्थलमार्गबाट आज नै पठाइने स्रोतले जनाएको छ। सरकारले चीनबाट ल्याएका सामान आज प्रदेश प्रदेशमा पठाइएको छ।

चीनबाट आएको क्लोरिन धेरै प्रकारका भए पनि यो विशेष प्रकारको क्लोरिन भएकाले यस्तो गन्ध आउने बताइएको छ। क्लोरिन २० मिनेटजति फैलिएपछि मान्छेको मृत्युसम्म हुने गरेको बताइन्छ। यसले टाउको दुख्नेलगायतका असर देखापर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *