अमेरिकामा २ लाख मानिसको मृत्यु हुन सक्ने प्रक्षेपण

डिसी नेपाल
१७ चैत २०७६ १९:१०
12
Shares

वाशिंगटन (एजेन्सी)। अमेरिकाका चर्चित संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अमेरिकामा कोरोना भाइरसका कारण एकदेखि दुईलाख मानिसको मृत्यु हुन सक्ने बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो टास्क फोर्स बनाएका थिए, डा. एन्थोनी त्यसका एक सदस्यसमेत हुन्। डा. एन्थोनीले जुन गतिमा अमेरिकामा कोरोना संक्रमण बढिरहेको छ, त्यो विषयमा कुरा गर्दै यस्तो बताएका हुन्।

फाउचीले सीएनएनसँग कुरा गर्दै यस्तो बताएका हुन्। अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या संसारमा सबैभन्दा धेरै पुगेको छ। यहाँ एक लाख २५ हजारभन्दा धेरै संक्रमित भएका छन्। २२००भन्दा धेरैको मृत्यु भएको छ।

अमेरिकाको पब्लिक हेल्थ एक्सपर्टले पनि अमेरिकाका केही भागमा कोरोना भाइरस संक्रमितको तथ्यांक नलिएकोसमेत बताएका छन्। उनीहरुले संक्रमितको संख्या अझ धेरै भएको दावी गरेका छन्।

सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शनका अनुसार अमेरिकामा २०१०देखि हरेक वर्ष सीजनल फ्लूबाट १२ हजारदेखि ६१ हजारको मृत्यु हने गरेको छ। कोरोना भाइरसबाट हुने मृत्यु फ्लूभन्दा धेरै छ। वृद्ध जनसंख्यामा कोरोना भाइरसबाट मृत्यु हुनेको दर फ्लूभन्द ६ गुणा धेरै छ।

खतरालाई मध्य नजर गर्दै राष्ट्रपतिले सोशल डिस्टेन्सिंगको समय ३० अप्रिलसम्म बढाएका छन्। अमेरिकी राष्ट्रपतिको लगातार परिवर्तन भइरहेको भनाईले उनको मुुलुक एक निकै मुस्किल समस्यामा रहेको र चुनौतिको सामना गरिरहेको देखाउँछ। अमेरिकामा संक्रमणको तथ्यांक संसारम सबैभन्दा धेरै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *