जब कोरोनाबाट बचाउन मजदुरहरुलाई स्यानिटाइजरले नुहाइयो

नयाँ दिल्ली (एजेन्सी)। विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि धेरैजसो मुलुकमा लकडाउन गरिएको छ। नेपालमा लकडउन जारी छ। भारतमा पनि लकडाउन जारी छ। कोरोनाबाट बच्न संसारमा विभिन्न उपायहरु अपनाइएका छन्।

यहीबीचमा भारतमा मजदुरहरुलाई स्यानिटाइजरले स्प्रे गरिएको घटना सार्वजनिक भएको छ। भारतको उत्तर प्रदेशस्थित बरेलीमा गरिब मजदुरलाई एक ठाउँमा जम्मा पारेर स्यानिटाइजरले स्प्रे गरिएको हो।

मजदुरलाई बस र सडक जसरी स्यानिटाइज गरिएपछि आलोचना भएको छ। बरेली प्रशासनले यो विषयमा अनुसन्धान भइरहेको जनाएको छ। ती मजदुरहरुको उपचार गरिएकोछ।

यसरी मानिसहरुलई स्यानिटाइज गराउनेबारे विश्व स्वास्थ्य संगठनले केही मापदण्ड बनाएको छैन। आमरुपमा यसरी स्यानिटाइज गरिनु सुरक्षित मानिदैन। तर विश्वका विभिन्न मुलुकमा मासिनहरुमाथि केमिकल स्प्रे गरिएको घटना सार्वजनिक भएका छन्। इन्डोनेशिया, इजरायल, भेनेजुएला, चिलीलगायतका मुलुकमा यसरी स्प्रे गरिएको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position