कोरोना महामारीः २४ घण्टामा स्पेनमा सबैभन्दा धेरै मानिसको मृत्यु

डिसी नेपाल
१८ चैत २०७६ ७:१८

काठमाडौँ । पछिल्लो समय कोरोनाको केन्द्रबिन्दू बनेको स्पेनमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ सय १३ जनाको ज्यान गएको छ । सोमबार ज्यान गुमाउनेको संख्या यो सबैभन्दा बढी हो । यो सँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ ।

२४ घण्टामा स्पेनमा ७ हजार ८ सय ४६ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै स्पेनमा कोरोना संक्रमितको संख्या ८७ हजार ९ सय ५६ पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

हालसम्म विश्वमा ७ लाख ८४ हजार ४ सय ४० जना मानिस कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । ३७ हजार ७ सय ८१ जनाको ज्यान गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *