‘कोरोनाभाइरसका कारण वुहानमा मात्र ४२ हजार जनाको मृत्यु भएको छ’

डिसी नेपाल
१८ चैत २०७६ ८:४९

काठमाडौं। कोरोनाभाइरसका कारण चीनमा ३ हजार ३ सय जनाको मात्र ज्यान गएको चीनका अधिकारीहरुले तथ्यांक सार्वजनिक गरेका बेला चीनको वुहान शहरका नागरिकहरुले भने वुहान शहरमा मात्र ४२ हजार जनाको मृत्यु भएको दावी गरेका छन् । डेलीमेलको रिपोर्ट अनुसार हुबेइ प्रान्तका अधिकारीहरुसँग जोडिएको एक सूत्रले भनेको छ कि कैयौं नागरिक आफ्नो घरमा जाँच बिना नै मरेका थिए । उनले एक महिनाभित्र नै २८ हजार शव जलाइएको बताउँदै अनुमानित आँकडा बढाइचढाइ नगरिएको बताएका छन् ।

वुहानका स्थानीयले मृतकको संख्याको विषयमा गरेको दावी चीनका आधिकारीहरुले बताएको तथ्यांकभन्दा झण्डै १० गुणा बढी हो । कोरोनाभाइरसको संक्रमणको सुरुवात वुहान शहरबाटै भएको हो । वुहानका स्थानीयका अनुसार फरक फरक फ्युनरल होमबाट परिवारलाई दैनिक ५ सय अस्थी कलश दिइएको बताएका छन् । यस्ता ७ फ्नुनरल होम छन् । अर्थात दैनिक ३ हजार ५ सय अस्थी कलश दिइएका छन् ।

हंकोउ, वुचांग र हान्यांगमा बस्ने मृतकका परिवारलाई भनिएको छ कि उनीहरुलाई अस्थी कलश ५ अप्रिलसम्म दिइनेछन् । डेलीमेलले यसको अर्थ १२ दिनमा ४२ हजार अस्थी कलश बाँडिने दावी गरेको छ । स्थानीय मिडिया रिपोर्टअनुसार हंकोउको फ्युनरल होममा केवल २ दिनमा ५ हजार अस्थी कलशको डेलिभरी गरिएको थियो । यस्ता रिपोर्ट त्यो बेला आएका थिए जतिबेला हुबेइ प्रान्तमा लागू गरिएको लकडाउनमा छुट दिन सुरु गरिएको छ । स्कुल र मल खुलेको रिपोर्ट पनि आएका छन् ।

रेडियो फ्री एसियाको रिपोर्ट अनुसार वुहानका एक व्यक्ति झंगले शवदाहगृहमा काम गर्नेहरु २४ घण्टा काम गरिरहेकोले यति कम मानिस मरेका हुन नसक्ने बताएका छन् । माउ थर भएका एक अन्य स्थानीय निवासीले भने ‘हुन सक्छ अधिकारहिरुले विस्तारै वास्तविक आँकडा जारी गरिरहेका छन् ताकि मानिसहरु विस्तारै वास्तविकतालाई स्वीकार गरुन् । यसअघि न्यूयोर्क पोस्टले पनि स्थानीय मिडियाको हवाला दिँदै वुहानको एक शवदाह गृहमा २ दिनभित्र ५ हजार अस्थी कलश डेलिभरी गरिएको बताएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *