लकडाउन सफल पार्न ‘प्रहरीको साथी म’ अभियान

डिसी नेपाल
१९ चैत २०७६ ८:१७

मोरङ। मोरङको रङगेलीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरकारले गरेको लकडाउनलाई सफल बनाउने उदेश्यका साथ ‘प्रहरीको साथी म’ अभियान सुरु भएको छ।

अति आवश्यक कामका लागि बजार निस्कने व्यक्ति हरुको दूरी कायम गराउने र अनावश्यक हिड्डुल गर्ने मानिसहरुलाई सचेत गराउनका लागि प्रहरीको साथी म लोगो सहितको पोसाकमा स्वयम् सेवक खटाइरहेको छ।

बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि जनतालाई सुशुचित गर्नका लागि र भारतसँग खुल्ला सिमाना जोडिएको हुनाले प्रहरीले मात्र पर्याप्त नभएकाले यस्तो अभियान सुरु गरिएको नगरप्रमुख दिलिप बगडियाले जानकारी दिए।

‘प्रहरीको साथी म’ नारा सहित रंगेली नगरपालिकाले मोरङ्ग प्रहरीसँग सहकार्य गरी प्रहरीसँगै हरेक वडामा १०/१० जना गरी करिव ९० जना स्वयम सेवक परिचालन समेत गरेको छ।

रंगेली क्षेत्रमा लकडाउनलाई सफल बनाउने उदेश्यले यस्तो अभियान सुरु गरेको नगरपालिकाले जनाएको छ। अभियानलाई सफल बनाउन मोरङ्गका प्रहरी उपरिक्षक विश्व अधिकारी र रंगेली नगरपालिका प्रमुख दिलिप वगडीयाले संयुक्त रुपमा ‘प्रहरीको साथी म’ नारा लिखित पोशाक स्वयम् सेवकलाई हस्तान्तरण गरेका थिए।

मोरङ्गका प्रहरी उपरिक्षक विश्व अधिकारीले अहिलेको महामारीमा नागरिक प्रहरी हातेमालो गरेर खुल्ला रहेको नाकाको आगमनलाई रोक्ने र मानिसहरुलाई घर भित्रै लकडाउन गर्ने उदेश्य सहित बास्तविक समुदाय–प्रहरी साझेदारीको कार्यको थालनी भई उनीहरुलाई परिचालन गरिएको बताए।

स्वयमसेवकहरुको स्वास्थ्यलाई समेत मध्यनजर गरेर नगरपालिकाले आवश्यक हातेपन्जा, माक्स, सेनिटाइजर लगायतको सामाग्री उपल्वध गराई आपसी दूरी कायम गर्नका लागी सचेत गराएको छ।

यता रंगेली नगरपालिका प्रमुख दिलिप वगडीयाले लकडाउन सफल बनाउने कार्य प्रहरी एक्लैको मात्र नभएर नागरिकहरुको पनि जिम्मेवारी कर्तव्य रहेकाले नगर भित्रका हरेक वडाका युवाहरुलाई प्रहरीसँगै पचिलान गरिएको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *