लकडाउनमा २०० किलोमिटर पैदल हिँडेर ज्यान गुमाउने रणवीरले अन्तिम पटक फोनमा के भने ?

डिसी नेपाल
१९ चैत २०७६ १०:१५

नयाँ दिल्ली। ‘मेरो दुखिरहेको छ, मलाई लिन आउन सक्छौ भने आउ…’ यी शब्द ती व्यक्तिको अन्तिम फोन कलका हुन् जसको मृत्यु दिल्लीबाट पैदल हिँडेर मध्य प्रदेश जाँदै गर्दा आगरानजिकै भयो ।

रणवीर सिंह नामका यी व्यक्ति दिल्लीमा डेलिभरी म्यानको रुपमा काम गर्थे । तर, लकडाउन भएपछि दिल्लीमा खानपिन र बस्न समस्या भएपछि उनले आफ्नो गाउँ जाने निर्णय गरेका थिए । तर कुनै साधन नपाएका कारण रणवीर सिंह पैदल नै आफ्नो गाउँतिर अघि बढ्न सुरु गरे ।

मृत्युको रात के भएको थियो ?

मृत्युभन्दा अघिल्लो रात रणवीर सिंहले आफ्ना केही साथीहरुसँग मिलेर घर जाने फैसला गरेका थिए । तर बसहरु नचलेका कारण रणवीर सिंहले पैदल हिँड्न सुरु गरे । दिल्लीबाट दिँडेर फरिदाबाद पुग्दै गर्दा रणवीरले राती साढे ९ बजे बहिनी पिंकीसँग फोनमा कुरा गरे ।

पिंकी भन्छिन् ‘मैले त्यो दिन अचानक नै दाईलाई फोन गरेकी थिएँ । उहाँले भन्नुभयो कि उहाँ घर आउँदै हुनुहुन्छ किनकि लकडाउनका कारण काम सबै रोकिएको छ र पैदल आउँदै हुनुहुन्छ । मलाई यो सुनेर निकै अनौडठो लाग्यो ।’

प्रिकीका अनुसार दाजुसँग कुरा गरेपछि उनी औषधी खाएर सुतिन् । बिहान उठेपछि सबैभन्दा पहिले लगभग ५ बजे उनलाई दाजुलाई फोन गरिन् । पिंकी भन्छिन् ‘यो कलमा उहाँले भन्नुभयो कि उहाँको छाती दुखिरहेको छ । मैले उहाँसँग भनें कि तयाइँ कहीँ बस्नुहोस् त्यतिबेलाम्म म कसैलाई फोन लगाउँछु ।’

रणवीर सिंह दिल्लीबाट मथुराको बाटो हुँदै बिहानै आगरा पुगिसकेका थिए । त्यतिबेलासम्म रणवीर निकै थाकिसकेका थिए । बाटोमा केही किलोमिटरको लागि उनले ट्रेक्टर पनि पाए तर उनले एउटा लामो दूरी पैदल हिँडेरै पार गरे । रणवीर सिंह यो बाटोमा एक्लै हिँडेका पनि थिएनन् । उनीसँग उनको उमेरका कैयौं युवा, पाका र बालबालिका पनि थिए ।

रणवीर सिंह दिल्लीको एक रेष्टुरेण्टमा डेलिभरी म्यानको काम गर्थे । उनीसँग उनका एक आफन्त अरविन्द पनि बस्थे । अरविन्द तिनै व्यक्ति हुन् जसले रणवीरसँग अन्तिम पटक फोनमा कुरा गरेका थिए । तर अरविन्द त्यो पूरै रात रणवीरको सम्पर्कमा रहे ।

अरविन्दले एउटा ट्रकमा ठाउँ पाएका थिए जबकि उनका भिनाजु पैदल हिँडेर आइरहेका थिए । अरविन्द सिंह भन्छन् ‘मेरो उहाँसँग रातमा कुरा भएको थियो । रातमै थकानको कुरा गर्नुभएको थियो । तर, कोरोनाको डरको कारण कसैले उहाँलाई सहयोग गरेनन् । उहाँ पैदल हिँडिरहनुभयो र आगरा पुग्दासम्म उहाँको हालत खराब भयो ।’

मृत्युको अन्तिम घण्टा…

रणवीर सिंहको मृत्यु नेशनल हाइवे २ मा बिहान साढे ६ बजे भयो । तर, मर्नुभन्दा पहिले रणवीर सिंहले आफ्ना आफन्त अरविन्द सिंहलाई फोन गरेर मद्दतको गुहार मागेका थिए ।

अरविन्द भन्छन् ‘उहाँले मलाई फोन गरेर भन्नुभयो कि मेरो छाती दुखिरहेको छ, मलाई लिन आउन सक्छौ भने आउ । मैले भनें कि १०० नम्बर डायल गर्नुस्, कसैको सहयोग लिनुस् तर त्यसपछि उहाँको आवाज आएन । यो कलको करिब ८ मिनेटपछि मैले ट्रकबाट झरेर फेरि फोन गर्दा अरु कसैले फोन उठाएर भने कि उहाँको हालत गम्भीर छ । त्यपछि उहाँको मृत्यु भयो ।’

मृत्युपछि के ?

रणवीर सिंहको मृत्युपछि उनको घरमा हाहाकार मच्चिएको छ । रणवीरकी पत्नी ममता र उनका तीन सन्तान गम्भीर शोकसँग जुधिरहेका छन् । रणवीर सिंहकी बहिनीले बीबीसीसँग भनिन् ‘हाम्रा पापा पनि चाँडै बित्नुभएको थियो । त्यसपछि दाइले नै घरको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँका तीन सन्तान छन् । घरमा कोही कमाउने बाँकी छैन ।’

उनले अगाडि भनिन् ‘म जब आफ्नो घरलाई हेर्छु, केही बुझ्न सक्दिन कि अब के हुने वाला छ । हामीमाथि के भएको छ यो हामीलाई नै थाहा छ । दाइले यो घरको चौघेरा बनाउनकै लागि पनि डेढ लाख ऋण लिनुभएको थियो र त्यही तिर्दै हुनुहुन्थ्यो । अब त्यसको के होला ?’ पिंकी आफ्नो घरको रौनक नै हराएको भन्दै भावुक हुन्छिन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गएको बिहीबार आफ्नो ‘मन की बात’ कायृक्रममा देशबासीहरु, खासगरी गरिबहरुसँग लकडाउनका कारण हुने समस्याहरुका लागि माफी मागेका थिए । अब प्रश्न यो उठ्छ कि रणवीरको परिवार प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफूमाथि परेको बज्रपातको लागि माफ गर्न सक्छ वा सक्देन ? यो समयले नै बताउनेछ ।

बीबीसीबाट अनुवादित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *