‘कोभिड–१९’बाट विश्वमा ४२ हजार ३४४ को मृत्यु र आठ लाख ६० हजार १६६ सङक्रमित

डिसी नेपाल
१९ चैत २०७६ १४:१६

जेनेभा। कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४२ हजार ३४४ पुगेको छ। पछिल्लो विवरणअनुसार संंंसारभर आठ लाख ६० हजार १६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । इटालीमा एकै दिन (हिजोमात्र) ८३७ नागरिकको ज्यान गएको छ ।

कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य ।

इटालीमा १ लाख ५ हजार ७९२ कुल सङ्क्रमित भएका छन् भने १२ हजार ४२८ को मृत्यु भएको छ । यसैबीच १५ हजार ७२९ निको भएर फर्किएका छन् ।

स्पेनमा ९५ हजार ९२३ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ४६४ को मृत्यु भएको छ । यसैबीच १९ हजार २५९ निको भएर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा १ लाख ८८ हजार ५९२ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ५५ को मृत्यु भएको छ । यसैबीच ७ हजार २५१ निको भएर फर्किएका छन् ।

फ्रान्समा ५२ हजार १२८ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ५२३ को मृत्यु भएको छ । यसैबीच ९ हजार ४४४ निको भएर फर्किएका छन् ।

चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३१२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर फर्किएका छन् ।

इरानमा ४४ हजार ६०५ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ८९८ को मृत्यु भएको छ । यसैबीच १४ हजार ६५६ निको भएर फर्किएका छन् ।

बेलायतमा २५ हजार १५० कुल सङ्क्रमित भएका छन् भने, १ हजार ७८९ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

जर्मनीमा ७१ हजार ८०८ कुल सङ्क्रमित भएका छन् भने, ७७५ को मृत्यु भएको छ । यसैबीच १६ हजार १०० निको भएर फर्किएका छन् ।

बेल्जियममा १२ हजार ७७५ कुल सङ्क्रमित भएका छन् भने, ७०५ को मृत्यु भएको छ । यसैबीच १ हजार ६९६ निको भएर फर्किएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *