कोरोनाभाइरसः सडकमा सुत्नेहरुलाई फाइभ स्टार होटलमा राख्दैछ यो देशको सरकार

डिसी नेपाल
१९ चैत २०७६ १६:१७

काठमाडौं। विश्वभर कोरोनाभाइरसको संक्रमण फैलिइरहेको छ । हरेक देश आ–आफ्नो तरिकाले यसको संक्रमण रोक्ने प्रयास गरिरहेका छन् । यही बीचमा एक देशले यस्तो महत्वाकांक्षी परियोजना सुरु गर्दैछ जुन परियोजना अन्तर्गत सडकमा सुत्ने घरबारविहीन मानिसहरुलाई कोरोनाभाइरसको सम्भावित संक्रमणबाट बचाउनका लागि फाइभ स्टार होटलमा राखिनेछ ।

यो परियोजना अस्ट्रेलियाको पर्थ राज्य सरकारले सुरु गर्न लागेको हो । यो परियोजना अन्तर्गत सडकमा सुत्ने घरबारविहीनहरुलाई फाइभ स्टार होटलमा सारिनेछ जुन होटलको एक रातको शुल्क मात्र २६० डलर (३१ हजार नेपाली रुपैयाँ) पर्छ । डेलीमेलको समाचार अनुसार पश्चिमी अस्ट्रेलियाको सरकार यो परियोजना सुरु गर्ने तयारी गर्दैछ । परियोजना अन्तर्गत करिब १ महिनासम्म सडकमा सुत्ने मानिसहरुलाई होटलमा राखिनेछ ।

सुरुवातमा २० जनालाई प्यान प्यासिफिक होटलमा बस्ने व्यवस्था गरिनेछ । यो परियोजनालाई होटल्स विथ हर्ट नाम दिइएको छ । सरकारले यस्ता घरबारविहीन मानिसहरुलाई छान्नेछ जो अपहिलेसम्म आफूलाई आइसोलेट गर्न असफल भएका छन् । पछि यो परियोजनामा घरेलु हिंसाका शिकार महिला र मानसिक रोगीहरुलाई पनि सामेल गराइनेछ । यदि परियोजना सफल भएमा होटलका १२० कोठा उपयोग गरिनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *