आदेश उलङ्घन गर्ने दुई हजार ६७६ गाडी नियन्त्रणमा

डिसी नेपाल
१९ चैत २०७६ १७:१७

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने दुई हजार ६७६ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लकडाउनको समयमा आदेश उलङ्घन गर्ने उक्त गाडी नियन्त्रणमा लिएको हो ।

अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । नियन्त्रणमा लिएकामध्ये दुई पाङ्ग्रे दुई हजार ४०५ र चारपाङ्ग्रे २७१ रहेका महाशाखाले जनाएको छ । घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाई सम्झाइ बुझाइ घरतर्फ नै फर्काइएको बताए ।

अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको महाशाखा प्रमुख ढकालले बताए। सरकारले कोरोना भाइरस फैलिन नदिन यही चैत ११ गतेदेखि चैत २५ गतेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *