कोरोनाको राहत बापत के के पाउँछन जर्मनीमा नेपालीले ?

डिसी नेपाल
१९ चैत २०७६ २३:३०

जर्मनी । बैध रुपमा बसेका सबै नेपालीलाई जर्मनीले आफ्ना नागरिक सरह नै व्यवहार गरेको छ । नेपाली संघसस्थाका अनुसार जर्मनीमा करिव ९० प्रतिशत नेपालीहरु वैध रुपमा यहाँ काम गर्छन । पूर्णकालिन काम गर्ने जो नियम अनुसार दर्ता छन्, कर तिरेका छन् उनिहरुलाई जर्मन नागरिकसरह नै सुविधा हुनेछ ।

कोरोनाको अवधीमा काम गर्न नपाएर घरमा बसेकाहरु कम अवधीको काम गर्ने कामदारका रुपमा त्यही रोजगारदातासँग आवद्ध हुन्छन, उनिहरुले ६० देखि ८० प्रतिशतसम्म तलब पाउँछन् । एकललाई ६०, परिवार भएकाले ६७ प्रतिशत त पाउँछन नै झन केही रोजगारदाताले त त्यसमा थपेर ८० प्रतिशत तलब पुराइदिने भएका छन् ।

त्यो संख्या जर्मनीमा करिब ५ लाखको हाराहारिमा छ । अरु कतिपयले त काम गरिरहेका छन, कतिले होम अफिस चलाएका छन् । काम चलिरहेको छ ।

नियम अनुसार दर्ता भएर पार्ट टाइम काम गर्नेलाई पनि सहयोग हुनेछ । घण्टाको आधारमा काम गर्नेको समयावधीलाई फुलटाइममा परिणत गरेर, त्यस अनुसार हिसाव गरेर सुविधा पाउनेछन् ।

विद्यार्थीहरुलाई पनि सम्बन्धीत निकायले सुविधाहरु अघि सारेका छन, नियमअनुसार बसोबास गरेका र दर्ता भएर काम गरेकाहरु, जो अहिले कोरोनाको कारणले काम छोड्न परेको छ, उनिहरुलाई एकपल्टको लागि अधिकतम ५ सय युरोसम्म सहयोग हुनेछ । त्यसको लागि विगतमा काम गरेको प्रमाण भने पेश गर्नुपर्नेछ । विद्यार्थीले तिर्ने बीमा रकम पनि पछि तिर्न सकिनेछ ।

कोठाभाडा तिर्ने सवालमा, यदि सकिदैन भने ३ महिना पछिसम्म तिर्दा हुने, अहिले नै तिर्न नपर्ने, भाडा नतिरेको भनेर भाडामा राख्नेले निकाल्न पाउँदैनन्, त्यो नियम बनेको छ ।

बैंकमा ऋण छ, कोरोना संकटले अप्ठेरो भयो भने किस्ता केहि महिना पछिबाट फेरी शुरु गर्दा हुनेछ, बैंक अनुसार फरक फरक नियम छन्, आफ्नो बैंकमा बुझ्दा हुन्छ, यो सुविधा बैंकहरुले दिनेछन ।

यहाँ आत्मनिर्भर काम गरिरहेका, किसान, सानो तथा मझौला व्यवसाय गरिरहेकाहरुलाई पनि तत्कालै सहयोग गर्न भनेर कार्य अघि बढिसकेको छ । एकपल्ट ३ महिनासम्मको अवधीका लागि भन्दै, ५ जनासम्म कामदार भएकोलाई १० हजार युरो, १० जनासम्मकोलाई  २० हजार युरो र ५० जनासम्म भएकालाई ३० हजार युरो दिने कार्य अघि बढिसकेको छ ।

ठुला र देश धानेका व्यवसायको लागि आगामी ४ बर्षसम्मको लागि भनेर विभिन्न आर्थिक प्याकेज घोषणा भैसकेका छन, अझै हुने क्रममा छ । ८ सय खर्ब युरो माथीको रकम कोरोनाले पारेको असरमा खर्च हुनेछ ।

अब यहाँ उल्लेख गरिएका सबै सेवा सुविधा पाउन लिखित रुपमा, नियम पुराएर निवेदन दिनुपर्छ । सहयोगको लागि नजिकको नेपाली संघ सस्था वा गैर आवासीय नेपाली संघले पनि सहयोग गर्नेछ । भाषा लगायत विभिन्न समस्या आउन सक्छन्, त्यसका लागि एनआरएन जर्मनीलाई सम्झन सक्नुहुन्छ । एनआरए जर्मनीका  अध्यक्ष हरि न्यौपाने र महासचिव लोकमणी ढकाललाइ सम्पर्क गर्न सकिने छ। एनआरएनएका विभिन्न ठाउँमा रहेका प्रतिनीधिले सक्ने सहयोग गर्छन् ।

अब ९० प्रतिशत त बैध झन बाँकी १० प्रतिशतको हालत के होला ? खान बस्न समस्या छ की छैन होला ? काम काज के हुँदैछ ? कसरी जीविकोपार्जन गरिरहेका छन् ? जीउन नै मुस्किल परेको छ भने सम्झनुस है, सहयोग गर्ने भनेर धेरैले घोषणा गरेका छन्, तर उनिहरु समक्ष भने तपाई पुग्नुपर्ने हुन्छ । तर सरकारको जब सेन्टरबाट पैसा खाएर कालोमा काम गरिरहनुभएको थियो, कोरोनाले काम गर्न पाउनु भएन भने तपाईले सहयोग रकम माग्न लाज मान्नुपर्छ है ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *