भारतमा नेपाली भाषाको विश्वकोश र एकभाषी नेपाली शब्दकोश निर्माणको पहल

डिसी नेपाल
२९ चैत २०८० १०:४६

काठमाडौं। आजसम्म नेपाली भाषामा विश्वकोश छैन, बनेको पनि छैन, विश्वकोश नहुने जाति निम्जो हुन्छ, शिर झुकेको हुन्छ।

संसारको प्राय ६५ वटा देशमा नेपालीभाषी छन् भनिन्छ तर आजसम्म नेपाली भाषामा विश्वकोश बनिन सकेन। हुनत विश्वकोशका लागि व्यापक बौद्धिक र प्राज्ञिक कसरत र निक्कै आर्थिक जोगाड चाहिन्छ। यो विषयलाई प्राज्ञिक व्यक्ति र उच्च शिक्षाका गुरुहरूले मज्जले उपलब्धि गरेका हुन्छन्।

साथै भारतबाट आजसम्म पनि संस्थागत पूर्णाङ्ग नेपाली शब्दकोश प्रकाशित भएको छैन। भारतमा जे जति नेपाली शब्दकोश छन् ती सबै व्यक्तिगत हुन्। बेलाबेला सरकारी कामकाजमा देशबाटै प्रकाशित संस्थागत शब्दकोश र व्याकरण चाहिन्छ।

विगत २०२२ मा असम सरकारले संस्थागत त्रिभाषिक ब्रह्मपुत्र शब्दकोश (नेपाली असमिया र अङग्रेजी) नेपाली भाषा विकास मञ्च (भारत)का महासचिव डा खगेन शर्माको सम्पादनमा प्रकाशन गरेको छ तर यो पूर्णाङ्ग भइरहेको छैन।

त्यसकारण डा शर्माले विगत ६(७ नभेम्बर २०२२ का दिन गुवाहाटी विश्वविद्यालय, असम, भारतमा अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजन गरेर नेपाली भाषामा विश्वकोशको आवश्यकता उपलब्धि गरेको थियो र अहिले यसको रोडम्याप पनि बनाइएको छ, तर आर्थिक जोगाड भइरहेको छैन। दाताको खोजी जारी छ।

यसैगरी भारतबाट एकभाषी नेपाली शब्दकोशको तयारी पनि चलिरहेको छ। शब्द(सङ्कलन र सम्पादनको काम पनि चलिरहेको छ। डा गोकुल सिन्हाको प्रमुख सम्पादकत्व र डा खगेन शर्माको संयोजन तथा सम्पादन तथा उनीहरूको टिमद्वारा भारतबाट नेपाली शब्दकोश निर्माणको काम पूर्ण रूपमा चलिरहेको छ। यही ७ अप्रिल २०२४ का दिन नेपाली भाषा विकास मञ्च (भारत) को अनलाइन बैठक गरी यसको प्रगति विवरण अवगत गराइयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *