थाइल्यान्डका नेपाली युवा व्यवसायी ओलीलाई `याेङ अचिभर´ अवार्ड

डिसी नेपाल
२ वैशाख २०८१ १८:००

बैंकक। थाइल्यान्डमा बसेर व्यवसाय गर्दे आएका नेपाली युवा व्यवसायी लाेकेन्द्र ओलीले `द याेङ अचिभर´ अवार्ड प्राप्त गरेका छन्।

ग्लाेबल युथ पार्लियामेन्टद्वारा बैंककमा आयाेजित दुई दिने सम्मेलनमा रूकुम घर भएका नेपाली युवा ओलीले उक्त अवार्ड प्रदान गरेका हुन्। ओली एनआरएनए थाइल्यान्डका युवा संयाेजकसमेत हुन्।

परदेशमा रहेर नेपालकाे सामाजिक सेवामा सक्रिय ओली गैरआवासीय नेपाली संघ (एनआरएनए)मा पनि आबद्ध छन्। बैंककस्थित सुकुम्बितमा आयाेजित समारोहमा थाइल्यान्डकाे प्रतिनिधिसभा सांसद सुपाकाेन तांगटिफाईबुँतना र डिफेन्स कमिसनका अध्यक्ष वीराेज लाखनाडिसाेरान र युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले ओलीलाई मेडल र प्रमाणपत्रसहित अवार्ड प्रदान गरेका हुन्।

कार्यक्रममा विभन्न देशबाट प्रतिनिधित्व गरेका युवाहरूलाई पनि अवार्ड प्रदान गरिएकाे थियाे। ग्लाेबल युथ पार्लियामेन्ट अवार्ड सन् २०१७ देखि सुरूवात भएकाे हाे। याे हरेक वर्ष हुँदै आएकाे छ। युवा सम्मेलनमा ८२ भन्दा बढी देशका युवाले सहभागिता जनाइसकेका छन्।

युथ पार्लियामेन्ट युवाहरूले आफ्नाे आवाज बुलन्द गर्ने प्लेटफर्म हाे । नेतृत्व विकास, युवा सशक्तीकरण, जलवायु परिवर्तनले युवामा पारेकाे असरलगायत वैश्विक समस्याबारे छलफल हुने गर्छ ।

यसपटक एआई प्लेटमफर्मकाे विकास, जलवायु परिवर्तनले युवाहरूमा पारेकाे प्रभावबारे छलफल भएकाे अध्यक्ष दिवाकर अर्यालले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *