एनआरएनए युरोप ६० लाखको आपतकालीन राहत कोष स्थापना गरेर कोरोना विरुद्ध लड्दै

डिसी नेपाल
२० चैत २०७६ १५:०२

काठमाडौँ । संसारलाई आतंकित बनाइरहेको कोरोना भाइरस (कोभिड–१९) को विरुद्ध लड्न गैरआवासीय नेपाली संघ, युरोप क्षेत्रीय समितिले ६० लाख बराबरको आवतकालीन राहत कोष स्थापना गर्ने भएको छ ।

संघको केन्द्रीय समितिले आहन गरेनुसार युरोप संयोजक नारायण आचार्यको अध्यक्षतामा बसेको युरोपियन क्षेत्रको बैठकले कोरोनाको महामारीका बिरुद्ध लड्न युरोपका सम्पूर्ण एनसीसीहरु एक भएर लाग्ने निणर्य गरेको हो । बैठकले ५० हजार युरोको एक आपतकालीन कोषको स्थापना गर्दे अति अत्यावश्यक सहयोगको लागि कोरोना प्रभाभिव स्थानहरुमा परिचालन गर्ने सहमती गरेको हो ।

स्काईपको माध्यमबाट सम्पन्न उक्त अनलाइन बैठकमा विशेष आमन्त्रितको रुपमा संघका महासचिव डा. हेमराज शर्मा र कोषाध्यक्ष महेश श्रेष्ठसमेतको सहभागिता थियो । बैठकलाई सम्बोधन गर्दे उनीहरुले एनआरएनए केन्द्रले कोरोना विरुद्ध लड्न चालेका कदमहरुका बारेमा जानकारी गराएका थिए ।

यूरोप उपसंयोजक कृष्ण प्रसाद तिमिल्सिनाका अनुसार बैठकले संयोजक नारायण आचार्यको अध्यक्षतामा तिनै जना उपसंयोजकहरु, यूरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण आईसीसी सदस्यहरु, युरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने मानार्थ परिषद सदस्यहरु, एनसीसी अध्यक्ष तथा महासचिबहरु र युरोपक्षेत्र महिला तथा युवा संयोजक समेत रहेको एक ‘एनआरएनए युरोप कोमिड–१९’ सहयोग समिति समेत गठन गरिएको छ ।

जसको ११ सदस्यीय सचिवालयमा संयोजक नारायण आचार्य, उपसंयोजक त्रय मुक्त बहादुर गुरुङ, कृष्ण प्रसाद तिमिल्सिना र शुक्र राज न्यौपाने, आईससी सदस्यहरु रामशरण सिमखडा(यूके), सुभाष जोशी (बेल्जियम), सुनिल रानाभाट (स्पेन), बिजय मोक्तान (जर्मन), र चिन्तामणी सापकोटा (स्पेन) रहेका छन्।

सोही बैठकले केन्द्रमा गठित स्वास्थ कार्यदलसँगको निकट सहकार्यमा यूरोप क्षेत्रमा रहेको स्वास्थ्य विज्ञहरु रहने गरी डा बोधराज सुबेदी संयोजक रहेको एक उपसमिति समेत गठन गरेको छ।

समितिले तत्कालै कामको थालनी गर्दै कोरोनाको चरम प्रभाव रहेका युरोपका देशहरुमा नेपाली समुदायले भोग्नु परेका समस्याको अध्ययन गरी विवरण राख्न शुरु गर्नेछ । त्यस्तै सहयोगको आधार तथा प्रकार अल्पकालिन तथा दिर्घकालिनरुपमा गर्न सकिने सहयोगको पहिचान गरेर मुल समितिमा १ हप्ताभित्र प्रतिबेदनसमेत पेश गर्ने बताइएको छ ।

गैरआवासीय नेपाली संघ केन्द्रमा रहेको उच्चस्तरीय समितिको मातहत तथा समन्वयमा युरोप क्षेत्रमा काम गर्ने तथा केन्द्रसंघ आपसी सहयोगको लागी आह्वान समेत गर्ने बैठकले निर्णय गरेको बैठकमा सहभागी आईसीसी सदस्य रामशरण सिमखडाले डिसी नेपाललाई बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *