दुई युवतीको स्वाब परीक्षणका लागि धरान पठाइयो

डिसी नेपाल
२१ चैत २०७६ ७:०९

ओखलढुङ्गा। कोरोनाको आशङ्कामा यहाँका दुई युवतीको स्वाब परीक्षणका लागि धरान पठाइएको छ।

भारतबाट जिल्ला फर्किएलगत्तै अस्वस्थ भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएका स्थानीय दुई युवतीमा अचानक ज्वरो र खोकीको समस्या देखिएपछि कोरोनाको सङ्क्रमण जाँच्न उनीहरुको स्वाब धरान पठाइएको हो।

गत मङ्गलबारदेखि आइसोलेसनमा राखिएका युवतीको स्वाब सङ्कलन गरी परीक्षण गर्न आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताए।

बिहीबार बेलुकासम्म स्वाब परीक्षण केन्द्रमा पुगिसक्ने र शुक्रबार बिहानसम्ममा उनीहरुको रिपोर्ट आइसक्ने उनको भनाइ छ। आइसोलेसनमा राखिएका ती युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *