चीनबाट आइपुग्यो ७ हजार ५४८ केजी स्वास्थ्य सामाग्री

डिसी नेपाल
२१ चैत २०७६ ११:५२
4
Shares

काठमाडौं। कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले जीटुजी (सरकार–सरकारबीच सम्झौता) मार्फत नेपाली सेनालाई स्वास्थ्य सामाग्री ल्याउन दिने निर्णय गरेको केही दिनमा नै केही निजी कम्पनीले चीनबाट सात हजार पाँच सय ४८ केजी स्वास्थ्य सामाग्री नेपाल ल्याएका छन्।

नेपाल एयरलाइन्सको कल साइन आर ए ४१७२ जहाजले स्वास्थ्य सामाग्री र उपकरण शुक्रबार विहान काठमाडौं ल्याइपुर्याएको हो।

ग्वाङजाओका लागि नेपाल महावाणिज्यदूत हरिशरण पुडासैनीसहित ११ जना क्रुमेमबर टोलीले ७ हजार ५ सय ४८ किलो स्वास्थ्य सामाग्री शुक्रबार विहान काठमाडौं ल्याइपुर्याएको हो।

निजी क्षेत्रका कम्पनी सामसुङ, जेट्टी र चौधरीलगायतका कम्पनीले उक्त परिमाणको स्वास्थ्य सामाग्री नेपाल लगाएको स्रोतले जनाएको छ।

चीनको ग्वाङजाओबाट स्वास्थ्य सामाग्री ल्याउन जहाजको बस्दोबस्त फ्ल्यास फ्रेट लोजिस्टिक्स प्रालिले गरेको थियो। ‘हामीले औषधि ल्याउनलाई जहाजको व्यवस्था गरेका हौं,’फ्ल्यास फ्रेट लोजिस्टिक्स प्रालिका एक कर्मचारीले भने।

यसअघि सरकारले निजी क्षेत्रको ओम्नी समूहलाई चीनबाट स्वास्थ्य सामाग्री ल्याउने जिम्मा दिएको थियो। तर पछि उक्त समूहले सम्झौता बमोजिम स्वास्थ्य सामाग्री ल्याउन नसकेको भन्दै सरकारले ठेक्का सम्झौता रद्ध गर्दै स्वास्थ्य सामाग्री ल्याउने जिम्मा नेपाली सेनालाई दिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *