मुस्लिम धार्मिक सभाका १२ सहभागी फरार, क्वारेन्टाइनको झ्याल फुटाएर भागे

डिसी नेपाल
२२ चैत २०७६ ८:५५

काठमाडौं। कोरोनाभाइरसको बढ्दो संक्रमणका बीत भारतको क्वारेन्टाइन स्थलबाट १२ जना तबलिगी जमातका सदस्यहरु फरार भएका छन् । १० जना महाराष्ट्र र २ जना उत्तराखण्डको क्वारेन्टाइनस्थलबाट फरार भएका हुन् । उत्तराखण्डबाट भाग्नेहरु क्वारेन्टाइस्थलको झ्याल फुटाएर भागेको बताइएको छ ।

तबलिगी जमातको यो धार्मिक सभामा नेपाली मुस्लिमहरु पनि सहभागी भएका थिए । उनीहरुलाई समेत नियन्त्रणमा लिएर नेपालका विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएको छ । पुलिसले फरार भएकाहरुको खोजी गरिरहेको बताइएको छ । उनीहरुलाई रोक्न पुलिसले नाकाबन्दी गरेको छ ।

आज तकका अनुसार पुणेको शिरुर तहसिलबाट १० जना जमाती फरार भएका हुन् । उनीहरु २३ मार्चमा दिल्लीबाट पुणे आएका थिए । त्यसपछि उनीहरु शिरुर गएर त्यहाँको एक मस्जिदमा बसिरहेका थिए । दिल्लीमा निजामुद्दिनको घटना सार्वजनिक भएपछि पुणे सरकारले उनीहरुलाई होम क्वारेन्टाइनमा राखेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *