कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

डिसी नेपाल
२२ चैत २०७६ १०:३२

चैत्र २२ देखि २८ गतेसम्मको साप्ताहिक राशिफल

मेष
तपाईंको यो साता आनन्दमय रहनेछ । पूण्य कमाउन व्रत बसी मठ–मन्दिरको परिक्रमा गरिनेछ। कार्यक्षेत्रका झिनामसिना झन्झट भने रहिरहन सक्छन्, धैर्यताले उन्मुक्ति पाइनेछ ।

वृष
दूरदराज तथा सामाजिक सञ्जालबाट मन पराएको प्रस्ताव आए विचार पुर्‍याएर निर्णय लिन सकिनेछ। अध्ययनका निम्ति विदेशमा पाइला चाल्दा सोचेको नतिजा हात लाग्न सक्छ ।

मिथुन
स्वदेशमै उत्कृष्ट रोजगारीको अवसर मिल्न सक्छ । खेलकुद तथा प्रतिस्पर्धामा भाग लिँदा परिणाम आफ्नै पोल्टामा पर्न सक्छ ।

कर्कट
सामाजिक जिम्मेवारीको कार्य उत्कृष्ट भै चर्चित हुँदा प्रेमिकाले नौलो पहिरन टक्र्याउन सक्छिन् । नसोचेको परिणाम प्राप्त हुँदा हर्षले गद्गद भइनेछ ।

सिंह
धार्मिक तथा परोपकारी भावना अवलम्बन गर्दा रोकिएका कार्य स्वतस् फुकुवा भई आर्थिक हैरानीबाट मुक्ति पाइनेछ । भित्रभित्रै षड्यन्त्र गर्ने विपक्षीहरूले तपाईंको कौशलबाट प्रभावित भई समर्थन गर्नेछन् ।

कन्या
विपरीत लिंगीसँगको खटपटमा मल्हम लगाउन नयाँ रणनीतिको जरुरत पर्नेछ । सांस्कृतिक कार्यक्रममा मनोरञ्जन गर्दा भने तनाव हलुका हुनेछ ।

तुला
टाढिएका प्रेमी, प्रेमिकाले प्रणयसूत्रमा बाँधिने मनसाय व्यक्त गर्न सक्छन्, ढिलो नगरी निर्णय गर्दा उपयुक्त हुनेछ । विशिष्ट व्यक्तिसँगको भेटले नयाँ–पुराना कार्य सम्पन्न गर्न जुक्ति–बुद्धि प्राप्त गरिनेछ ।

वृश्चिक
दु्रत गतिमा गरेका कार्यबाट आर्थिक लाभ हात पार्ने सम्भावना छ । पुँजी तथा मेहनतबाट नयाँ अवसर सिर्जना भई लाभ लिन थप लगानीको जरुरत पर्नेछ ।

धनु
पूण्य आर्जनमा धन खर्च गरिनेछ । मठ–मन्दिरको यात्रामा समय खर्चंदा तनावमुक्त भइनेछ । विभिन्न निकायबाट रोजगारीको प्रस्ताव आइलाग्नाले मन प्रफुल्लित हुनेछ।

मकर
विदेश यात्राको साइत जुर्नाले साथी–संगिनीसँग भ्रमण, खानपान तथा फेसनमा राम्रै धन खर्च गर्नुपर्ने हुन सक्छ । योजना कार्यान्वयनमा ढिलाइ गर्नाले पछि परिनेछ।

कुम्भ
मन पराउनेले घुमाउरो भाषा प्रयोग गरी प्रेम प्रस्ताव राख्दा मुटुको धड्कन बढ्न सक्छ । हेलचेक्र्याइँ गरी यात्रा गर्दा आर्थिक नोक्सानको थप भार पर्नेछ।

मीन
पहेंलो रंगको पहिरनमा प्रस्तुत हुँदा प्रेमिकाले बढी मन पराउनेछिन् । व्रतालुलाई जल तथा फल प्रदान गरी पूण्य आर्जन गर्ने सम्भावना टरेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *