कोरोना महामारीः भारतमा ज्यान गुमाउनेको संख्या ९१ पुग्यो, २५९० संक्रमित

डिसी नेपाल
२२ चैत २०७६ १०:१७

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शनिबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९० पुगेको छ । जसमध्ये १९१ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

शुक्रबार भारतका ६ राज्यहरु गुजरात, आन्ध्र प्रादेश, महाराष्ट्र, तेलंगना, हिमाञ्चल र दिल्लीमा १३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

भारतीय स्वास्थ्य विभागका अनुसार आज शनिबार बिहानै दुई जना मानिसको ज्यान गएको छ । ज्यान मुमाउनेमध्ये कर्नाटककी ६० वर्षीया महिलाको परिवारका पूरै सदस्यमा कोरोना प्रोजेटिभ देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *