नेपालमा आजदेखि कोरोनाभाइरस दोस्रो चरणमा प्रवेश, यस्ता छन् संक्रमणका ४ चरण

डिसी नेपाल
२२ चैत २०७६ १५:५२

काठमाडौं। नेपालमा कोरोनाभाइरस औपचारिक रुपमा संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । अहिलेसम्म संक्रमणको पहिलो चरणमा रहेको नेपाल अब भने दोस्रो चरणमा प्रवेश गरेको हो । शनिबार देखिएका तीन संक्रमितमध्ये १ जनालाई परिवारबाटै संक्रमण सरेको पाइएपछि नेपाल औपचारिक रुपमा दोस्रो चरणमा प्रवेश गरेको हो ।

यस्ता छन् कोरोना संक्रमणका चार चरण –

पहिलो चरण भनेको आयातित संक्रमण अर्थात् संक्रमण फैलिएका मुलुकमा भ्रमण गरेका मानिसबाट मात्र भाइरस देशमा भित्रिनु हो । हिजोसम्म नेपालमा ६ जनालाई संक्रमण देखिएकोमा सबै विदेशबाट फर्किएका नेपाली थिए । त्यसैले नेपाल हिजोसम्म संक्रमणको पहिलो चरणमा थियो ।

दोस्रो चरणमा भाइरसको संक्रमण स्थानीय रूपमा फैलिन थाल्छ । बाहिरबाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसहरू देखिने चरण दोस्रो चरण हो र अहिले विदेशबाट आएका एक नेपालीबाट परिवारकै सदस्यमा सक्रमण देखिएपछि नेपाल औपचारिक रुपमा दोस्रो चरणमा प्रवेश गरेको हो ।

तेस्रो चरणमा सामुदायिक रूपमा संक्रमण फैलिन्छ । यो चरणमा संक्रमित व्यक्तिसँग सिधै सम्पर्क बिना नै सर्ने चरण हो । यो सामुदायिक संक्रमणको अवस्था हो । यो अवस्था सम्म आइपुग्दा देशका धेरै क्षेत्र भाइरसबाट प्रभावित बनिसकेको हुन्छ ।

चौथो चरण भनेको महामारीको चरण हो । यो कोरोना भाइरसको अन्तिम र भयानक अवस्था हो । यो अवस्थामा पुगिसकेपछि भाइरसको प्रकोप रोक्न निकै कठिन हुन्छ । विश्वका शक्तिशाली मुलुकले समेत यो चरण रोक्न नसकेको अवस्थामा नेपाल यो चरणमा गयो भने हामीले रोक्न सक्ने अवस्था नै हुनेछैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *