कोरोना भाइरसः भारतमा संक्रमितको संख्या ३५८८ पुग्यो, ९९ को मृत्यु

डिसी नेपाल
२३ चैत २०७६ ८:०२

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट ९९ जना संक्रमितको ज्यान गएको छ। जसमध्ये शनिबार मात्रै १३ जना संक्रमितले ज्यान गुमाएका हुन् ।

भारतमा आइतबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ३ हजार ५ सय ८८ जना संक्रमित भएका छन् । जसमध्ये शनिबार मात्रै ५२९ जना नयाँ संक्रमित थपिएका हुन् । भारतमा हालसम्म १ लाख १६ हजार ६ स ८ जनाको कोरोना टेस्ट गरिएको छ ।

संक्रमितमध्ये २२९ जना उपचारपछि घर फर्किसकेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *