धनगढीका बजार पूर्ण रुपमा बन्द

डिसी नेपाल
२३ चैत २०७६ १३:०४

धनगढी । कोरोनाका थप तीन संक्रमित भेटिएपछि आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द भएको छ अस्पताल बाहेक सबै क्षेत्र बन्द भएका छन्। आज बजारमा कुनै पनि पसल खुलेका छैनन्।

धनगढी उपमहानगरपालिकाले शनिबार विज्ञप्ति प्रकाशन गर्दै सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको थियो।

यस अवधिमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु होम डेलिभरी गर्न उद्योग वाणिज्य संघ कैलाली, किराना व्यवसायी संघ कैलाली, दुग्ध व्यवसायी, तरकारी व्यवसायीलगायत सबैमा आग्रह गरिएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *