आफूले आर्जन गरेका ज्ञान र सीपको अधिकतम् प्रयोग गर्न नर्सिङ्ग परिषद्को अपिल
काठमाडौं । नेपाल नर्सिङ्ग परिषद्ले कोभिड–१९को जोखिम कारण उत्पन्न परिस्थितिमा पनि अहोरात्र कार्यक्षेत्रमा खटेर नर्सिङ्ग एवम् मिडवाइफ जनशक्तिले गरेको स्वास्थ्यसेवा गरिरहेको जनाएको छ ।
“आफू बाँचौँ र अरुलाई पनि बचाऊ” भन्ने मन्त्रलाई आत्मसात् गर्दै आफूले आर्जन गरेका ज्ञान र सीपको अधिकतम् प्रयोग गर्नु अहिलेको आवश्यकता भएकाले चुनौतीपूर्ण अवस्थामा नर्स, मिडवाइफलगायत स्वास्थ्य क्षेत्रमा कार्य गर्ने सम्पूर्ण जनशक्तिको आत्मविश्वास र मनोबललाई उच्च पारी राख्न राज्यका सम्पूर्ण निकायको नेतृत्वदायी वर्गको कतव्र्य हुने परिषद्ले जनाएको छ ।
परिषद्का रजिष्ट्रार विन्दा घिमिरेले आइतबार विज्ञप्ति जारी गरी उच्च मनोबल र दृढ इच्छाशक्ति कायम राख्दै पेशागत आचारसंहिता पालना गरी आफ्नो पेशाको मर्यादालाई उच्च राख्दै आफ्नो कर्तव्यमा लाग्नु सम्पूर्ण स्वास्थ्यकमी तथा संघ संस्थामा कार्यरत जनशक्तिलाई अनुरोध गरेकी हुन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment