अमेरिकी वैज्ञानिकको चेतावनी – ‘कोरोनाभाइरसले मौसमी भाइरसको रुप लिन सक्छ’

डिसी नेपाल
२४ चैत २०७६ १४:२१

काठमाडौं। अमेरिकाका शीर्ष वैज्ञानिकले अहिले महामारीको रुपमा फैलिएको कोरोनाभाइरसले विस्तारै मौसमी संक्रमणको रुप धारण गर्न सक्ने चेतावनी दिएका छन् । अमेरिकामा संक्रामक रोगका विशेषज्ञ डा. एन्थोनी फाउसीले पूरै विश्वमा कोरोनाभाइरसको नियन्त्रण असम्भवजस्तै देखिएको बताएका छन् । अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थमा संक्रामक रोगका विशेषज्ञ डा. फाउसीले कोलम्बिया ब्रोडकास्टिङ सर्भिस (सिबीएस)को ‘फेस द नेशन’कार्यक्रममा भने ‘यस वर्ष पृथ्वीबाट कोरोनाभाइरसलाई उखेलेर फ्याँक्नु असम्भव जस्तै छ ।’

डा. फाउसीका अनुसार अमेरिकामा अर्को फ्लुको मौसममा कोरोनाभाइरस फेरि फैलिन सक्ने खतरा छ । फाउसीका अनुसार कोरोनाभाइरस फेरि फर्किन सक्ने सम्भावनाकै कारण अमेरिका तीव्र गतिमा आफ्नो तयारीलाई बलियो बनाइरहेको छ । अमेरिकाले भ्याक्सिन विकसित गर्नेदेखि सम्भावित उपचारको सम्बन्धमा क्लिनिकल ट्रायल गरिरहेको उनले बताए ।

फाउसीले भने ‘यदि कोरोना फेरि फर्कियो भने त्यतिबेला हामीसँग कम से कम यसलाई रोक्ने उपाय त हुनेछन् ।’ फाउसीले यसअघि अमेरिकाले १२ देखि १८ महिनामा कोरोनाभाइरसपिरुद्ध भ्याक्सिन तयार गर्ने बताएका थिए । फाउसीले अमेरिकामा कोरोनाभाइरसका कारण १ लाखभन्दा धेरैको मृत्यु हुन सक्ने बताएका छन् । उनले जुन राज्यहरुले मानिसहरुलाई घरमा बने आदेश जारी गरिरहेका छैनन् उनीहरु देशलाई भन्दा धेरै आफैंलाई खतरामा पारिरहेको भन्दै सचेत बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *