प्रदेश नं २ को कोषमा काँग्रेसको ४० लाख ७५ हजार सहयोग

वीरगञ्ज । पछिल्लो समयमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश नं २ सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाली काँग्रेसले ४० लाख ७५ हजार सहयोग गरेको छ ।

नेपाली काँग्रेस प्रदेश नं २ का संसदीय दलका नेता रामसरोज यादवले एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतलाई उक्त रकमको चेक हस्तान्तरण गरी सहयोग गरेका हुन् । नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त रकम सहयोग गरेको बताए ।

चेक हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादव, कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादव, सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख विजयशङ्कर यादव लगायतको उपस्थिति थियो । मुख्यमन्त्री राउतले चेक बुझ्दै नेपाली काँग्रेसले कोषमा गरेको सहयोगको प्रशंसा गरे । सबैबाट अहिलेको जटिल परिस्थितिमा यस्तै साथ र सहयोगको आशा गरिएको उनले बताए।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो