हाइड्रोक्सिक्लोरोक्विनको पछाडि किन लागिरहेछन् ट्रम्प ? अमेरिकी अखबारको ठूलो खुलासा

डिसी नेपाल
२५ चैत २०७६ १५:४२

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समय औलोको उपचारमा प्रयोग हुने औषधी हाइड्राक्सिक्लोरोक्विनको विषयमा आक्रामक रुपमा लागेका छन् । उनी कोरोनाभाइरसको उपचारमा यो औषधी प्रयोग गरिनुपर्ने पक्षमा छन् । उनले झण्डै १ महिनअघिदेखि नै यौ औषधीको पक्षमा वकालत गरिरहेका छन् । यद्यपि ट्रम्पको भनाइपछि यही औषधी सेवन गरेका अमेरिकाको एरिजोनाका एक वृद्धले ज्यान गुमाइसकेका छन् ।

उनले भारतसँग पनि यौ औषधी मागेका थिए । भारतमा २०१७ मा औलोको ठूलो प्रकोप फैलिएपछि अहिले त्यहाँ ठूलो मात्रामा यो औषधी उत्पादन हुन्छ । भारतमा विश्वमै सबैभन्दा धेरै हाइड्रोक्सिक्लोरोक्विन उत्पादन हुन्छ तर भारतले ट्रम्पको आग्रहलाई अस्वीकार गर्दै आफ्नो देशका लागि पर्याप्त स्टक भएपछि मात्र औषधी निर्यात गर्ने जवाफ दियो । भारतले आफूसँग पर्याप्त औषधी स्टक नभएसम्म अमेरिका मात्र नभइ कुनै पनि देशलाई औषधी नदिने बताएको थियो । भारतको यो जवाफपछि ट्रम्पले भारतप्रति धम्कीपूर्ण अभिव्यक्ति समेत दिए ।

ट्रम्प यो औषधीको पछाडि यति आक्रामक रुपमा किन लागिरहेका छन् ? यो प्रश्नको जवाफ अमेरिकी अखबार न्यूयोर्क टाइम्सले खोजेको छ । समाचार अनुसार यो औषधीले कोरोनाभाइरसको उपचारका लागि विश्वव्यापी मान्यता पाएमा डोनाल्ड ट्रम्पलाई निजी फाइदा हुनेछ । यदि यो औषधीले कोरोनाभाइरसको उपचारको लागि मान्यता पाएमा यो औषधी बनाउने कम्पनीहरुलाई ठूलो फाइदा हुनेछ । यस्तै एक कम्पनीका ट्रम्प शेयर होल्डर हुन् । यसका साथै त्यो कम्पनीका ठूला अधिकारीहरुसँग ट्रम्पको गहिरो सम्बन्ध समेत छ ।

समाचार अनुसार फ्रान्सको औषधी कम्पनी सेनोफीले यो औषधी उत्पादन गर्छ जुन कम्पनीमा ट्रम्प शेयरहोल्डर हुन् । यो कम्पनीले हाइड्रोक्सिक्लोरोक्विन औषधीलाई प्लाकेनिल ब्राण्ड नामबाट उत्पादन गरी बजारमा बेच्छ । खासमा यो औषधी औलोको उपचारमा प्रयोग हुन्छ । भारतमा हरेक वर्ष गर्मीयाममा औलोको प्रकोप फैलिने हुँदा यहाँ यो औषधीको उत्पादन ठूलो मात्रामा हुन्छ । अमेरिकामा भने अहिले यही औषधीको प्रयोग कोरोनाभाइरसको उपचारमा भइरहेको छ । यो औषधी कोरोनाभाइरसको उपचारमा प्रभावकारी पनि देखिएको छ ।

कोरोनाभाइरस उपचारमा यो औषधी प्रभावकारी देखिएपछि अहिले यसको माग बढिरहेको छ । यद्यपि पछिल्लो समय भारतमा यसको उत्पादनमा कमी आएको छ । अहिले माग बढिरहेको बेलामा यो औषधी उत्पादन गर्न सक्ने हो भने यसले यो औषधी उत्पादक कम्पनीलाई ठूलो फाइदा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *