रूस द्धारा फिफा वर्ल्ड कपको आयोजना गर्न घूस दिएको आरोप अस्वीकार

डिसी नेपाल
२६ चैत २०७६ ९:३७

काठमाडौं । सन २०१८ को फुटबल विश्वकप आयोजना गर्न घूस दिने आरोप रूसी सरकारले स्पष्ट रूपमा अस्वीकार गरेको छ। हालै अमेरिकी न्याय विभागले एक ब्क्तब्य जारी गर्दै रुस २०१८ वर्ल्ड कप र कतार २०२२ वर्ल्ड कपको आयोजना गर्नका लागि फिफाका अधिकारीहरूले रसियासंग घूस लिएको आरोप लगाएको छ ।

रसियन सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भने ः रूसले विश्वकप सम्पन्न गर्ने अधिकार कानूनी रूपमा प्राप्त गरेको थियो। फिफा संगको वार्ता घूस संग सम्बन्धित थिएन। हामी यी आरोपहरू अस्वीकार गर्दछौं।

उनले भने ः रूसले फुटबल इतिहासकै सबैभन्दा उत्कृक्ष्ट वर्ल्ड कप आयोजना गर्यो र हामी यसमा गर्व गर्छौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *