कोभिड–१९ : १ सय ३ को रिपोर्ट नेगेटिभ

विराटनगर । प्रदेश नं १ मा बुधबार साँझसम्म कोभिड–१९ को ‘थ्रोट स्वाब’ परीक्षणमा १ सय ३ जनाको रिर्पोट नेगेटिभ आएको छ । प्रदेशमा हालसम्म १ सय ४५ जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकामा १ सय ३ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जनाएको छ ।

परीक्षणका लागि पठाएका स्वाबमध्ये २९ महिला छन् । प्रदेशमा मङ्गलबारसम्म विभिन्न स्थान गरी २ सय ५४ क्वारेन्टाइनमा ४ हजार १ सय ४८ श्यया रहेका छन् भने आइसोलेसन बेडको सङ्ख्या ४ सय ३२ छ ।

यसैगरी, आजसम्म तीन हजार ३१ जना क्वारेन्टाइमा बसेका छन् भने आइसोलेसनमा बस्नेको सङ्ख्या १० छ ।

आइसोलेसनबाट आजसम्म आठ महिलासहित २२ तथा क्वारेन्टाइनबाट ३२ जनालाई घर फिर्ता पठाइएको छ ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position