स्वास्थ्य सामग्रीको अभाव हुन दिइन्नँ : मन्त्री ढकाल

डिसी नेपाल
२६ चैत २०७६ २१:३१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन नदिइने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

सुदुरपश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन सांसद्को बुधबार संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामाग्रीको अभाव झेल्नु नपर्ने बताएका हुन् ।

आवश्यक स्वास्थ्य सामग्रीहरू अस्पतालमा पुगेको जनाउँदै उनले कतिपय सामाग्रीहरू निरन्तर नमूना परीक्षणको काम दोब्बर बनाउन आजै हेलिकोप्टर मार्फत पिसिआर मेसिन धनगढी पठाइएको जानकारी दिए।

मागपत्र बुझाउन बझाङ्गका प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह, बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना स्वास्थ्य मन्त्रालयमा पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *