सुकुमवासी बस्ती नजिकै बागमतीमा भेटियो एक व्यक्तिको शव

डिसी नेपाल
१८ वैशाख २०८३ १७:०९

काठमाडौं । बागमती खोलामा आज दिउँसो एक व्यक्तिको शव फेला परेको छ। बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्ती नजिकैको बागमती खोलामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो।

उनी खोटाङ घर भई बल्खु क्षेत्रमा बस्दै आएका इन्द्रबहादुर राई रहेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान घर भत्काको हेर्न सक्दैन भन्दै निस्किएका उनी दिउँसो मृत भेटिएको श्रीमती सरिता राईले बताएकी छन्। प्रहरीले घटनाबारे अनुसन्धान थालिएको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *