बैतडीमा ट्याक्टर दुर्घटना, सात जना घाइते

डिसी नेपाल
१८ वैशाख २०८३ १७:१४

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन्। मेलौली नगरपालिका–८ कोटीगाउँमा कच्ची सडकमा बिहीबार राति साढे १० बजेतिर लु५त १५३९ नम्बरको ट्याक्टर सडक छेउमै पल्टिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए।

मर्छलेबाट बगौरातर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरको ट्रालीमा बसीरहेका मेलौली नगरपालिका-८ का ३५ वर्षीय पदम ठगुन्ना, ४२ वर्षीय धनबहादुर बिष्ट, ४५ वर्षीय बलराम ठगुन्ना, २० वर्षीय सुवास ठगुन्ना, १६ वर्षीय आकाश दमाइ, ४५ वर्षीया पशुपति दमाइ र १८ वर्षीय अनिल ठगुन्ना घाइते भएका प्रहरी निरीक्षक बडूले बताए।

घाइते मध्ये पदम ठगुन्नालाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्यको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

ट्याक्टर चालक मेलौली नगरपालिका-८ का ३८ वर्षीय सुरेश ठगुन्नालाई नियन्त्रणमा लिइएको र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *