कारोनाका कारण लण्डनमा अर्का एक नेपालीको मृत्यु भएको पुष्टि
लण्डन । लण्डनदेखि बाहिर नटिटन शहरमा बस्दै आइरहेका एक भूपूगोर्खा सैनिकको कोरोनाका कारण मृत्यु भएकोछ।
पर्वत भोक्सिङ स्थाई घर भई लामो सयमदेखि बेलायत बस्दै आइरहेका भूपूगोर्खा मेखबहादुर गुरुङको मंगलबार निधन भएको हो ।केही दिनदेखि आइसोलेनमा बस्दै आइरहेका एक्कासि ज्वरो बढेपछि अस्पताल लगिएको र उपचारकै क्रममा मृत्य भएको जनाएको छ।
लण्डनस्थिति नेपाली दूताबासका प्रवक्ताले उनको मृत्य कोरोनाका कारण भएको जनाएका छन्। हालसम्म यहाँ कोरोनाका कारण पाँच जना नेपालीको मृत्य भइसकेको छ।
No ads found for this position
प्रतिक्रिया

Facebook Comment