लकडाउन : बालबालिकालाई सम्हाल्नै गाह्रो

डिसी नेपाल
२९ चैत २०७६ ९:१४

नुवाकाेट। कोरोनाभाइरस संक्रमणबाट बच्न मुलुकमा लकडाउन घोषणाको तेस्रो हप्तामा चलिरहेको छ। लकडाउन कहिले खुल्ने भन्ने निश्चित भइसकको छैन।

लकडाउन घोषणा हुनुअघि लाखौं मानिस काठमाडौं बाहिर गइसकेका छन्। तर कतिपय अझै पनि लकडाउनका कारण काठमाडौमा बस्न बाध्य भएका छन्।

कतिपय बालबालिका हुने अभिभावक अहिले पनि काठमाडौंमा छन्, उनीहरुलाई आफ्ना बालबालिका सम्हाल्न गाह्रो भएको छ। एउटा कोठाभित्र हप्तौं बालकालिकालाई थुनेर राख्दा समस्या भएको अभिभावकको गुनासो छ।

बिदा हुँदा अन्य समयमा साथीहरुसँग खेल्न बाहिर अथवा आफन्तकोमा पठाउन मिल्ने भएकाले त्यति गाह्रो नहुने तर कोरोनाको त्रासले बाहिर जान रोक लगाउँदा गाह्रो भएको परिवारको गुनासो छ।

अधिकांश बालबालिका आफ्नै घरमा रहँदा टिभि, युटूव हेर्ने गरेको बताउँछ्न। नुवाकोटकी भिमेश्वर इङलिस बोडिङ स्कुलका एलकेजीमा ६ वर्षीया आरुशी वस्ती भन्छिन्, ‘म त बिहानबाट बेलुकासम्म टिभिमा कार्टुन हेर्छु। शिवा आउँछ त्यसपछि मोटु पत्लु आउँछ, ममिले खाना, खाजा पनि सबै टिभी कोठामा ल्याइदिनु हुन्छ।’

खेल्ने र सिक्ने समयमा कोठाभित्र बस्नु पर्ने भएपछि टिभीको सहारा लिएको बालबालिका बताउँछन्। श्री चण्डी निम्न माध्यामिक विद्यालयमाा कक्षा पाँचमा अध्ययनरत अस्तिमा राईको दिनचर्या पनि यसरी बै बित्ने गरेको छ।

‘मेरो तीन वटा बैनी र एउटा भाइ छन, हामीसँगै टिभिमा गित हेरेर, फिल्म, कार्टुन हेरेर बस्ने गरेका छौं,’ उनले भनिन्। धेरै समय बच्चालाई घर भित्रै राख्न कठिन भएको अभिभावकको गुनासो छ।

धादिङको गल्छीमा रहेको सक्सेसमा अध्यनरत दुई विद्यार्थीको अभिभावक सुशीला ओझाले बालबालिकालाई सधैं कोटाभित्रै थुनेर राख्दा समस्या भएको बताइन्।

‘अरु बेला त बाहिर साथीसँग खेल्न निस्कन्थे, अलिकति सजिलो हुन्थ्यो। अहिले त खाली कार्टुन मिलेर हेरे त हुने नि! रिमोटको निउमा जहिले झगडा गर्ने, अझ लकडाउ कहिलेसम्म हो, थाहा छैन।’

फाइनल परीक्षा सकिएका कारण बालबालिका अध्ययन गर्न पनि रुची देखाउँदैनन्। रिजल्ट नभइ के पढ्नु भन्ने उनीहरुको जवाफ हुन्छ।

धादिङ धार्केका गपन गुड स्टार ईंग्लिश बोर्डिङ स्कुलमा अध्यनरत सोनिक रेग्मीले भने, ‘ म त कार्टुन हेर्ने हो। मामु पढ पढ भन्नुहुन्छ के पढ्नु नि हाम्रो फाइनल इक्जाम त सक्किसक्यो होमवर्क पनि छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *