पाथीभराको हरियो साग फुङलिङ बजारमा निःशुल्क

डिसी नेपाल
२९ चैत २०७६ १६:१४

ताप्लेजुङ । सदरमुकामबासीलाई पाथीभरा क्षेत्र विकास समितिले रायोको साग निःशुल्क वितरण गरेको छ । लकडाउनका बेला घरैमा बसिरहेका बजारबासीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पाथीभरा क्षेत्रमा पर्ने तल्लो फेदीका विष्णु पौडेलले निःशुल्क प्रदान गरेको १ हजार ४ सय ७५ मुठा साग समितिले घरघरमा नै वितरण गरेको हो ।

सवारी साधनमार्फत घरघरमा पु¥याएर वितरण गरिएको समितिका सदस्य गोपाल न्यौपानेले जानकारी दिए। सागको ढुवानी, वितरणलगायत काममा समितिसहित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति समेत सहभागी थियो । लकडाउनका कारण घर वरपर निस्कन नपाएका र संक्रमणको जोखिमले नजीकै लाग्ने हाटबजारमा निस्कनसमेत डराइरहेका बजारबासीले घरैमा लेकमा उत्पादित हरियो साग पाउँदा खुशी व्यक्त गरे । साग निःशुल्क वितरण गर्ने पौडेलले ग्रामीण क्षेत्रमा भन्दा बजार क्षेत्रमा समस्या हुने देखेर सहयोग गरिएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *