कैदीबन्दी र कर्मचारीको स्वास्थ्य रक्षार्थ सरकारद्वारा रकम विनियोजन

डिसी नेपाल
२९ चैत २०७६ १८:५३

जनकपुरधाम । प्रदेश नं २ का कारागारमा रहेका कैदीबन्दी र कर्मचारीको स्वास्थ्य जोखिम सन्दर्भमा कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न सरकारले रकम विनियोजन गरेको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेका अनुसार सरकारले प्रदेशका सप्तरी, सिरहा, महोत्तरी, रौतहट र पर्सा कारागारका कैदीबन्दी र कर्मचारीको जोखिमलाई दृष्टिगत गरी रकम विनियोजन गरिएको छ ।

कारागारमा कैदीबन्दी समूहगतरूपमै रहनुपरेकाले कैदीबन्दी र कर्मचारीको स्वास्थ्य जोखिम तथा कोरोना भाइरसको सङ्क्रमणको जटिलतालाई मध्यनजर गर्दै नियन्त्रण र रोकथामका लागि प्रत्येक कारागारलाई २० लाखका दरले रकम विनियोजन गरिएको जनाइएको छ ।

त्यस्तै कोरोना भाइरस सङ्क्रमण हुन दिन जारी ‘लकडाउन’का कारण प्रदेशका कृषक र फर्मलाई परेको प्रतिकूल प्रभाव कम गर्न ब्याज अनुदान र राहतका लागि ३० करोड बजेट विनियोजनसमेत गरिएको छ । सचिव घिमिरेले सोका लागि प्रतिकूल प्रभाव न्यूनीकरण निर्देशिकासमेत बनिसकेको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *