यस्तो छ १२ राशीहरुका लागि यो बर्षको राशीफल

डिसी नेपाल
१ वैशाख २०७७ ८:०३

सम्बत्सरहरु १४—१५ प्रकारका वा त्योभन्दा धेरै पनि हुन सक्छन् । जस्तो कल्पाप्ड, श्रृष्टि संबत्सर, वामन, राम, श्रीकृष्ण, युधिष्ठिर, बौद्ध, महाविर, शंकारचार्य, शालीवाहन, हर्षाव्द, विक्रमसम्बत्, नेपाल सम्बत्, सन सम्वत् आदि छन् । यीमध्ये हामी विक्रमादित्य सम्बत्सर मान्नेहरुले विक्रम संबत २०७७ आजबाट शुरु हुंदैछ ।

सम्बत्सरमा चैत्र शुक्ल प्रतिपदाबाटै प्रमाधिनाम गरेको सम्बत्सर शुरु गरिसकेका छौं।गत बर्ष परिधावीनाम गरेको सम्बत्सर थियो। गत बर्ष पनि बाबु छोराले नै राज्य गरेको थिए।यस बर्ष पनि बाबु छोराकै राज्य छ। गत बर्ष शनि राजा थिए, सूर्यमन्त्री थिए।यो बर्ष राजा बुध र मन्त्री पदमा चन्द्रमा रहेका छन्।

डा. रघुनाथ अर्याल

राजा बुध एक्लै बसे भने पावरफूल हुन्छन्, शान्त फल दिन्छन् । शीत ग्रह हुनु यिनी । तर, यिनीसंग अर्को कुनै ग्रह बस्यो भने यिनले फल दिनै सक्दैनन् । बुध र चन्द्रमा बाबु छोरा हुन् तर यिनको जन्म नै अवैध छ । धार्मिक कथाअनुसार, बुधको जन्मको कथा अनौठो छ । चन्द्रमा गुरु बृहस्पतिको घरमा पढ्न गएका बेला बृहस्पतिकी पत्नी तारा र चन्द्रमाको सम्बन्धबाट बुधको जन्म भएको हो ।

यो बर्ष बृश्चिक लग्न छ । बृश्चिक लग्न भनेको मंगलको स्थान हो । लग्नको अधिपति मंगल  हो । र, मंगल भनेको रोगकारक ग्रह हो । मंगल झगडा, युद्ध र कलहको पनि प्रीय चीज हो । यसकारणले २०७७ साल पनि शान्तिका लागि अझै उपयुक्त बर्षका रुपमा लिन सकिंदैन ।

देश र दुनियां अनाबृष्टि र अतिबृष्टिको चपेटामा पर्ने स्थिति आउंछ । दैवी विपत्तिहरु पनि धेरै नै पर्न सक्छन् । आर्थिक विषमता आगामी २ बर्षसम्म अझ अधोगतितिरै जाने स्थिति छ । कुनै पनि राष्ट्रलाई आर्थिक संकट पर्ने स्थिति छ आगामी दुई बर्षसम्म । देशहरु बीच एक आपसमा झगडाको स्थिति पनि देखिन्छ र यस्तो स्थिति नेपालबाट पृथ्वीको पूर्वोत्तर देशहरुमा बढी नै छ । पूर्बोत्तर देशहरु भन्नाले चीन, रुस, सिंगापुर, मलेसिया हुंदै अमेरिकासम्मको दिशालाई इंकित गर्न खोजिएको हो ।

जगत लग्नबाट यो बर्षको फल यसप्रकार छ :

मेषलाई कष्ट, बृषलाई स्त्री सुख, मिथनुलाई शत्रु पराजय, कर्कटलाई पुत्र सुख, सिंहलाई मित्र सुख, कन्यालाई कुटुम्ब बृद्धि, तुलालाई धन लाभ, बृश्चिकलाई देश सुख, धनलाई दुख दारिद्रय, मकरलाई लाभ, कुम्भलाई सुख, मीनलाई धर्मार्थ प्राप्ति हुन्छ ।

शनिग्रहको फल हिसावले यो बर्षको फल यसप्रकार छ: 

शनि आ–आफ्नो स्थानमा वा राम्रो ठाउंमा छ भने उपयुक्त फल प्राप्ति हुनेछ ।

मेष राशी यो राशीलाई यो बर्षलाई शनिको कुनै पनि अरिष्ट फल लाग्दैन ।

बृष राशी – राशीलाई२ ०७७ सालसाउन २१ देखि मंसीर १ गते सम्म शनिको अढैंया छ। यसबीचको अवधि त्यति राम्रो मानिंदैन।

मिथुन राशी –देखि साउन २१ गते सम्म मिथुन राशीलाई शनि अढैयाछ। साउन २१ देखि मंसीर १ गतेसम्म मिथुन राशीलाई राम्रोछ, मंसीर १ देखि फेरि शनि अढैया शुरु हुन्छ।

कर्कट राशी – योराशीलाईयोबर्षराम्रोछ।

सिंह राशी – योराशीलाईपनियोबर्षराम्रोछ।

कन्या राशी – यो राशीलाई साउन २१ देखि मंसीर १ गतेसम्म शनि अढैंयाको प्रभाव पर्नेछ।

तुला राशी – साउन २१ सम्म तुला राशीलाई शनि अढैंया छंदैछ।साउन २१ देखि मंसीर १ गतेसम्म राम्रै छ तर मंसीर १ गते देखि फेरि शनि अढैया शुरु हुन्छ।

वृश्चिक राशी – २०७७ सालसाउन २१ गते देखि मंसीर १ गते सम्म बृश्चिक राशीलाई आद्य साढेसाती शनि दशा रहनेछ।

धनु राशी – यो राशीलाई बर्षारम्भदेखि साउन २१ सम्म अन्त्य साढेसाती शनिदशा छ । मंसीर १ गतेबाट फेरि मध्य साढेसाती शनिदशा शुरु हुन्छ ।

मकर राशी – यो राशीलाई बर्षारम्भदेखि साउन २१ सम्म मध्य साढेसाती शनि दशा छ । मंसीर १ सम्म अन्त्य साढेसाती छ र मंसीर १ देखि बर्षन्तसम्म मध्य साढेसाती शनि दशाको योग छ ।

कुम्भराशी – यो राशीलाई बर्षारम्भदेखि साउन २१ सम्मआद्य साढे साती, मंसीर १ देखि फेरियो राशीलाई आद्य साढेसाती लाग्ने देखिन्छ।

मीन राशी – यो राशीलाई यो बर्ष राम्रो रहेको छ ।




प्रतिक्रिया

One thought on “यस्तो छ १२ राशीहरुका लागि यो बर्षको राशीफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *