कोरोनाको महामारी नसकिएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीको घोषणा

डिसी नेपाल
१ वैशाख २०७७ ९:०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) को महामारी नसकिएसम्म आफुले पारिश्रमिक नलिने घोषणा गरेका छन् ।

नेपाली नयाँ वर्ष २०७७ का अवसरमा भिडियो शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी नसकिएसम्मका लागि आफुले पारिश्रमिक प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, “मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु।”

यस्तो छ प्रधानमन्त्रीको भिडियो सन्देश :




प्रतिक्रिया

One thought on “कोरोनाको महामारी नसकिएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीको घोषणा

  1. Very good news all leaders should follow this good example,if they wants to serve people.only looking for corruption opportunity.

Leave a Reply

Your email address will not be published. Required fields are marked *