उत्तर कोरियाले छोटो दूरीका केही ‘क्रुज मिसाइल’हरु समुद्रमा हान्यो

डिसी नेपाल
२ वैशाख २०७७ ११:५७

काठमाडौं। उत्तर कोरियाले छोटो दूरीका केही ‘क्रुज मिसाइल’हरु समुद्रमा प्रहार गरेको छ । यी मिसाइलहरु कोरियल पेनिसुएला र जापालको बीचमा खसेको दक्षिण कोरियाका एक अधिकारीको हवाला दिँदै मिररले लेखेको छ । दक्षिण कोरियाली सेनाले यहाँ विकसित भइरहेका घटनाहरुको निरीक्षण गरिरहेको बताएको छ ।

यसअघि उत्तर कोरियाले कोरियन पेनिसुएलाको पूर्वी किनाराको समूद्रमा २० मार्चमा २ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । मार्चको सुरुवातमा पनि उत्तर कोरियाले फयरिङ ड्रिलको एक अभ्यासको रुपमा समुद्रमा केही मिसाइल हानेको थियो । अहिले परीक्षण गरिएका मिसाइलहरु उत्तरी प्योङयाङबाट फायर गरिएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *