कोरोनाको कारण आईपीएल अनिश्चित कालको लागि स्थगित

डिसी नेपाल
२ वैशाख २०७७ १४:२९

काठमाडौं । कोरोनाको बढ्दो प्रकोपलाई ध्यानमा राख्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लकडाउन ३ मे सम्मको लागी बढाएका छन्। यस्तो अवस्थामा इंडियन प्रिमियर लिग अर्थात् आईपिएलको सम्भावना अब समाप्त भएको छ। बिसिसिआई स्रोतका अनुसार आईपिएल अर्को निर्णय नआउदा सम्मकोे लागी स्थगित गरिएको छ ।

यसअघि आईपिएल १५ अप्रिल सम्मको लागी रद्द गरिएको थियो, तर मंगलबार भारतीय प्रधानमन्त्री मोदीको सन्देश पछि आईपीएल अर्को निर्णय नआउदा सम्मकोे लागी स्थगित गरिएको हो। यो संगै अब आईपिएल हुने सम्भावना बिस्तारै अन्त हुदै गएको छ। यसैबीच बिसिसिआई का अध्यक्ष सौरभ गांगुलीले आईपिएल सिजन १३ औं सम्पूर्ण जानकारी भोली दिने बताएका छन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *