खोटाङमा जनप्रतिनिधिद्वारा लकडाउन उल्लङघन : जनप्रतिनिधि भन्छन् झुटो आरोप

डिसी नेपाल
३ वैशाख २०७७ १५:१७

खोटाङ। कोरोना भाइरसको संक्रममण फैलिन नदिन सरकारले गरेको तीन साता बढी लामो बन्दाबन्दीमा घुमफिर एवं मेला महोत्सव गर्न तथा सहभागी हुन प्रतिबन्ध लगाइएको छ ।

तर खोटाङको ऐसेलुखर्क गाउँपालिका र रावाबेशी गाउँपालिकाका जनप्रतिनिधिहरुले नै लकडाउनको उल्लघंन गरेको पाइएको छ।

जिल्लाको ऐसेलुखर्क गाउँपालिकका अध्यक्ष विश्वनाथ निरौला र रावाबेशी गाउँपालिका अध्यक्ष लिलानाथा निरौला सहितिको टोलीले लकडाउनको उलङघन गर्दै पिकनिक आयोजना गरेको पाइएको हो।

दुई वटै स्थानीय तह प्रमुख सहितको समूहले सोलुखुम्बु र खोटाङको सिमाना खोपखर्कमा पिकनिक आयोजना गरी पुरानो वर्षलाई विदाइ गरेर स्थानीय सरकार आफैंले सरकारको निर्देशनको उल्लघंन गरेको स्थानीयले बताएका छन्।

गत चैत ३१ गत्ते सोलु र खोटाङको सिमानामा पर्ने खोपखर्कमा पिकनिक आयोजना गरेको गाउँपालिकाका एक कर्मचारीले नाम नबताउने सर्तमा सोलु एफएमसँग बताएपछि यो कुरा खुलेको सोलु एफ एमकर्मीले डिसी नेपालाई जानकारी दिए। यस बिषयमा कुरा गर्दा गाउँपालिका अध्यक्षद्वयले भने पिकनिकको आयेजना गरेको कुरालाई अस्विकार गरेका छन।

उनीहरुले गाउँपालिका अध्यक्षहरुले कुनै त्यस्ता गतिविधि नगरेको भन्दै हल्ला मात्रै भएको दाबी गरेका छन्।

ऐसेलुखर्क गाउँपालिकका अध्यक्ष विश्वनाथ निरौलाले नयाँ वर्षमा घरमै खसी काटेर ८ १० जना बसेर खाएको बताए भने रावाबेशी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले भने काम विशेषले त्यहाँ पुग्दा आफूले पनि मासु खाएर मात्र आएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *