डाक्टरले भन्थे–मृत्यु निश्चित छ, चार हप्तापछि कोरोनालाई जितेर फर्किए डा. रेयान
न्युयोर्क। डाक्टर रेयान पडगेट ४५ वर्षका भए। उनी सिएटलको किर्कल्याण्ड अस्पतालमा इमरजेन्सीमा काम गर्छन्। सुगठित शरीरका कारण उनका साथी उनलाई आइरन म्यान पनि भन्छन्।
तर जब उनलाई कोरोना संक्रमण भयो, तब उनी मृत्युको मुखमा पुगे। डाक्टरहरुले रेयानको मृत्यु निश्चित भएको बताएका थिए। तर, उनी कोरोना संक्रमणलाई जितेर निको भएका छन्। उनी अमेरिकाको पहिलो कोरोना संक्रमितको उपचार गर्ने पहिलो डाक्टर पनि हुन्।
डाक्टर रेयान भन्छन्, ‘फेब्रुअरीको अन्तिममा साथीले फोन गरेर यो बिमारीको एक दिन पहिला मृत्यु भएको थियो, यसमा कोरोना पोजेटिभ भएको बतायो। यो अमेरिकामा कोरोनाले मृत्यु भएको पहिलो केश थियो। त्यसपछि त किर्कल्याण्ड कोरोनाको पहिलो केन्द्र नै बन्यो। धेरैजसो बिमारी वृद्ध थिए र नराम्रो अवस्थामा पुगिसकेका थिए। उनीहरु सास फेर्न संघर्ष गरिरहेका थिए। म उपचारमा जुटिरहेँ। आफ्नै लागि खासै चिन्ता थिएन।’
‘तर, मार्चको पहिलो हप्तामा अचानक टाउको र मांसपेशी निकै दुख्न थाले। यो मेरा लागि असामान्य थियो,’ उनले भने, ‘मेरी हुनेवाला श्रीमतीले मलाइ अस्पताल जाउँ भनिन्। मैले अस्वीकार गरेँ। दुई दिनपछि मलाइ के लाग्यो भने म आफ्नै अस्पतालको बिमारी बन्ने वाला छु।’
रेयानले भने, ‘१६ मार्चमा मुटु, किड्नी र फोक्सो संघर्ष गरिरहेका थिए। कोमा पनि म मृत्युको मुखमा पुगेको थिएँ। तब स्वीडिश हेल्थ सर्भिसेजका सर्जन डाक्टर म्यान हार्टम्यान र डा. स्याम्युअल युसिफले जिम्मेवारी सम्हाले। उनीहरुले पनि मेरो मृत्यु निश्चित भएको बताए। किनभने मेरो बाँच्ने अवस्था थिएन। तर उनीहरुले कोशिश जारी राखे, यदि म बाँचे भने अन्य बिमारीको उपचारमा सहयोग पुग्छ भन्ने उनीहरुको धारणा थियो।’
‘उनीहरुले मलाइ ईसीएमओ मेशिनमा राखे, जसलाई कृत्रिम मुटु र फोक्सोको रुपमा पनि चिनिन्छ र त्यसले रगत निकालेर फेरि शरीरमा हाल्छ। मार्चको तेस्रो हप्तामा ज्वरो कम भयो। २३ मार्चमा मेशिन हटाइयो। २७ मार्चमा श्वासको नली निकालियो। त्यसको दुई हप्तापछि म कोमाबाट जागेँ। त्यसपछि थाहा पाएँ कि कोरोनाले सबैको जीवनलाई तहश नहस पारेको रहेछ।’
न्यूयाेर्क टाइम्सबाट
No ads found for this position


डिसी नेपाल
Facebook Comment