कतार फिफा वर्ल्ड कपको तयारीमा जुटेका पाँच कर्मचारीमा कोरोना पोजेटिभ

डिसी नेपाल
४ वैशाख २०७७ १०:२७

काठमाडौं । कोरोनाभाइरस (कोविड – १९) को असर अब कतार फुटबल विश्वकपमा पनी परेको छ छ। सन २०२२ मा आयोजना हुने यस प्रतियोगिताको तयारीमा संलग्न ५ जना कर्मचारीमा कोरोना टेस्ट पोजेटिभ रहेको पाइएको छ। यि सबै कर्मचारीहरू तीन फरक स्टेडियममा कार्यरत रहेका छन्। विश्वकप संग सम्बन्धित कोरोनाको यो पहिलो केस हो ।

कतार विश्व कप व्यवस्थापनका अनुसार अल–थुमामा स्टेडियममा सर्वोच्च समितिको ठेकेदारका रूपमा कार्यरत कर्मचारीका दुई सदस्य कोरोनाबाट संक्रमित भेटिएका छन। ति बाहेक अन्य तीन कामदारहरू मध्ये एक अल–रायन स्टेडियममा र दुई अल–बैत स्टेडियममा कार्यरत कर्मचारी हरु रहेका छन ।
कतारले फिफा वर्ल्ड कपका लागि ७ नयाँ स्टेडियमहरू निर्माण गरिदैछ। ति मध्ये एउटा स्टेडियम तयार भैसकेको छ, जुन आधिकारिक रूपमा खुला पनी गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *