३ सय १२ विद्यार्थीलाई अमेरिकामा सहयोग गर्यौं—एनआरएनए टाक्स फोर्स

डिसी नेपाल
५ वैशाख २०७७ ३:११

वासिंगटन डिसी । गैर आवासीय नेपाली संघ, स्टुडेन्ट टाक्स फोर्स तथा स्टुडेण्ट रेस्पोन्स टीम, अमेरिकाले ३ सय १२ विद्यार्थीहरुलाई सहयोग गरेको जनाएको छ । डिसी नेपालमा अप्रिल १५ तारिकमा एनआरएनए अमेरिकाको २५ डलर सहयोग शीर्षकमा प्रकाशित समाचारमा प्रतिक्रिया जनाउंदै उसले सो जनाकारी दिएको हो ।
खण्डन पत्रमा उसले लेखेको छ, “तपाईको जानकारीका लागि हामीले हिजोसम्म अमेरिकाको विभिन्न भागमा रहेका ३१२ विद्यार्थीहरुलाई एनआरएनए एनसीसी अमेरिका, यसका च्याप्टरहरु र अन्य विभिन्न स्थानीय संस्थासंग मिलेर सहयोग गरेका छौं । त्यसैगरी ५ सय विद्यार्थीहरुलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपले लजिष्टिकलाई उपलब्ध गराउने, मेडिकल काउन्सिलिंग र कानुनी सल्लाह उलब्ध गराएका छौं । त्यसैले समाचारमा उल्लेख गरेका सूचनाहरु तथ्यमा आधारित छैनन् ।” टाक्स फ़ोर्सका त्रिभुवन पाण्डेले विद्यार्थीलाई कुनै फर्म नभराइएको बताए ।

टाक्स फोर्सका तर्फबाट प्रसित पत्रमा सकारात्मक समाचार प्रवाहका लागि डिसी नेपाललाई सल्लाह दिंदै पार्चुगलको एनआरएनएले ७२ जनालाई गरेको सहयोगको समाचार बनाइएको तर एनआएरएनए अमरिकाको विद्यार्थी क्षेत्रको कामको नकारात्मक समाचार आएको उल्लेख गरिएको छ ।

(सम्पादकको भनाइसमाचारमा विद्यार्थीहरुलाई सहयोग गरेको उल्लेख त भएकै छ, त्यो सहयोग अत्यन्त न्यून रकम (कतिपयलाई २५ डलर) का दरले विद्यार्थीहरुलाई नाममात्रको आर्थिक सहयोग गरेकोतर्फ समाचारमा एनआरएनए अमेरिकाको ध्यानाध्यानाकर्षण गराइएको हो । टाक्स फोर्सले पठाएको खण्डन पत्रमा समेत प्रतिविद्यार्थी कतिसम्म रकमको ग्रोसरी लगायतका समाग्री खरिद गरियो भन्ने कुनै उल्लेख नहुनुले नै समाचारको सत्यता प्रमाणित गरेको छ । )




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *