बाँकेका ४८३ जनाको कोरोना परीक्षण रिपोर्ट आयो
बाँके । बाँकेमा ४८३ जनाको कोभिड–१९ नमूना परीक्षण गर्दा सबैमा रिपोर्ट नेगेटिभ देखिएको छ ।
र्यापिड डायग्नोष्टिक टेष्ट किटबाट ४०५ र पिसिआर विधिबाट ७८ जनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार पिसिआर विधिबाट परीक्षण गर्न भैरहवा पठाइएका थप १४ जनाको नमूनाको रिपोर्ट आउन भने बाँकी छ । जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिमा १४ दिन पूरा भएपछि किटबाट द्रुत परीक्षण गर्ने कार्य भइरहेको छ।
रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अरु सात दिन घरमै एकान्तवासमा बस्ने गरी घर फिर्ता पठाउने गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment